शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

ओली र प्रचण्डका विश्वासपात्रबिच गोप्य वार्ता, देउवाको कानसम्म पुग्यो खबर !


  • सोमबार, जेष्ठ ३० २०७९
7.7K
SHARES

फाइल तस्विर

स्थानीय तहको निर्वाचन पछि मुलुकको राष्ट्रिय राजनीति कसरी अघि बढ्ला भन्ने व्यापक चासो देखिएका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वास पात्र बिच दुई घण्टा गोप्य वार्ता भएको खबर बाहिरिएको छ ।

ओलीको प्रतिनिधित्व गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवाली र प्रचण्डको प्रतिनिधित्व गर्दै माओवादी केन्द्रको महासचिवको दाबेदार समेत रहेका वर्षमान पुन बिच दुई घण्टा गोप्य वार्ता भएको खुलासा भएको छ । यो समयमा ओली र प्रचण्ड दुवैका विश्वास पात्र बिच भएको भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन अघि मात्रै नेपाली काँग्रेसलाई ठेगान लगाइदिने चेतावनी दिएका थिए । नेकपा एमाले भित्रको पनि एउटा ठुलो तप्का बाम एकताको पक्षमा देखिएका बेला ज्ञवाली र पुनको भेटघाटले राजनीतिक बजार गर्माएको छ ।

स्रोतको दाबी गर्दै एक अनलाइन सञ्चार माध्यमले दुई नेताबिच शनिवार दिउँसो ललितपुरको खुमलटारको एक निजी निवासमा भेटवार्ता भएको जनाएको छ । । माओवादी नेता वर्षमान पुनको निवास नजिकैको एक व्यक्तिको घरमा ज्ञवाली र पुनका बिचमा झन्डै दुई घण्टा संवाद भएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीका बिचमा प्रत्यक्ष भेटघाट र संवाद नभए पनि दुवै पार्टीका दोस्रो तहका नेताहरूमार्फत एक (अर्कामा सन्देश आदानप्रदान भने भइरहेको स्रोत बताउँछ । ओली सकभर पार्टीभित्रको आन्तरिक समीक्षा हेरफेर गदै जाने, सत्ता गठबन्धन भत्काउने अधिकतम पहल गर्ने र त्यसका लागि विभिन्न च्यानलमार्फत नेताहरूसँग सन्देश आदानप्रदान गर्ने, त्यसो गर्न नसकिए माओवादी केन्द्र र एकीकृत समाजवादीका असन्तुष्ट नेताहरूसँग संवाद बाक्लो बनाएर आन्तरिक रूपमा खेल्ने र त्यसरी पनि गठबन्धन भत्काउन नसके सत्ता बाहिर रहेका शक्तिसँग चुनावी तालमेल गर्ने जस्ता योजनामा देखिएका छन् ।

जुनसुकै हालतमा गठबन्धन नभत्काए आउने सङ्घीय चुनाव र प्रदेश चुनावमा थप खुम्चनुपर्ने विश्लेषण नजिक एमाले छ । त्यसो गर्दा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष मात्र होइन, प्रदेशका सरकार पनि गुमाउनु पर्ने अवस्थामा आफूहरू पुग्नु पर्ने देखेपछि एमाले गठबन्धन भत्काउन कम्मर कसेर जुट्न लागेको छ ।

माओवादी केन्द्रका नेताहरू पनि काङ्ग्रेसबाट सङ्घ र प्रदेशको चुनावमा सोचे जति परिणाममा भागबन्डा मिलाउन नसक्ने र काँग्रेसलाई मात्र फाइदा पुग्न दिने गरी सहयोगी बन्न तयार छैन । माओवादी केन्द्रले प्रत्यक्ष र समानुपातिक दुवैमा गरेर माओवादीको साथविना चुनाव पछि पनि न काँग्रेस न एमाले कसैको पनि प्रष्ट बहुमत हुन दिने गरी सहयोगी बन्न दिने पक्षमा देखिँदैन ।

काङ्ग्रेससँग गठबन्धन गरे पनि चुनाव पछिको निर्णायक पोजिसन (थर्ड पोल) मा आफू रहने गरी माओवादीको तयारी देखिन्छ । तर काँग्रेस माओवादीको ढाडमा टेकेर आफूले फाइदा लिएर चुनाव पछि सके एकल बहुमत नभए पनि साना दललाई लिएर भए पनि सरकारको नेतृत्व गर्न सक्ने गरी स्थान सुरक्षित गर्न चाहिरहेको छ ।

यही देखेर काँग्रेसमा अहंम बढ्न खोजेको र त्यस्तो अहङ्कारमा काँग्रेस रहे काँग्रेसलाई पनि ठेगान लगाउन सक्ने माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्ति आइरहेको छ ।

सत्ता गठबन्धन दलभित्रको यही शक्ति सङ्घर्ष बुझेर नै गठबन्धन तोड्न एमाले पनि अनेक कोसिसमा छ । त्यही क्रममा प्रदीप ज्ञवाली र वर्षमान पुन बिचको भेटघाट भएको सूत्र बताउँछ । यो प्रारम्भिक चरणको छलफल भएको र दुई पार्टीका दोस्रो तहका नेताहरूले पार्टी अध्यक्षहरूलाई दबाब बढाएर बाम गठबन्धनको प्रयासमा कोसिस गर्नुपर्ने जनमत बाक्लिँदो छ ।

त्यसो त एमालेमा घनश्याम भुसालले बाम गठबन्धनका लागि स्थानीय तह चुनाव अगाडी देखि नै लबिङ जारी राखेका छन् । उनको लबिङ अहिले पनि कायमै छ । एमालेमा १० बुँदे सहमति गरेका पक्षधर नेताहरू र ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ लगायतका नेताहरू अझै पनि बाम गठबन्धन गरेर जानुपर्ने पक्षमा छन् । माओवादीका दोस्रो तहका कतिपय नेताहरू पनि यही पक्षमा छन् ।

त्यही परिवेशमा र एमालेले चुनावको महिना दिनपछि गर्न लागेको आन्तरिक समीक्षाको पूर्व सन्ध्यामा ज्ञवाली र पुन बिचको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । ओटिभी नेपालबाट


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा