आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

मन्दिर दर्शन गर्न गएका ७२ वर्षीय वृद्ध हराए, खोजी गरिदिन आग्रह


  • सोमबार, जेष्ठ ३० २०७९
7.8K
SHARES

जनकपुर ।

जनकपुर उपमहानगरपालिका वडा १ का एक वृद्ध सम्पर्कविहीन भएपछि उनका परीवारका सदस्यले खोजी गरिदिन प्रहरीमा निवेदन दिएका छन् ।

निवेदन अनुसार जनकपुर उपमहानगरपालिका १ का ७२ वर्षीय विक्रम भगत केही दिन देखि सम्पर्क भएका हुन् ।

आफ्नो बुवा जेठ २८ गते दिउँसो १२ बजेबाट सम्पर्कविहीन भएको भन्दै छोरा धनजन्य भगतले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका छन् ।

विक्रमका अनुसार उक्त दिन विक्रम भगत जानकी मन्दिर दर्शनका लागि जाने भन्दै घरबाट निस्किएका थिए ।

विक्रम भगतका आफन्तहरुले उनलाई भेटे खबर गर्नसमेत आग्रह गरेका छन् । त्यस्तै प्रहरीले पनि विक्रम भगतलाई कतै भेटे नजिकैको प्रहरी कार्यालय तथा आफन्तहरुलाई बुझाइदिन आग्रह गरेको छ ।

हुलिया

रङ्ग : गहुँ गोरो
उचाइ : ५ फिट ६ इन्च

हराएको स्थान : जानकी मन्दिर

सम्पर्क : ९८१८३४२०२०


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा