काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र नेपाल विद्युत प्राधिकरण प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङबीच कुरा मिलेको छ । संघीय राजधानी कुरुप बनाएको र जोखिम बढाएको विद्युतका तारहरु अन्डरग्राउण्ड गर्ने बिषयमा कुरा मिलेको हो ।
प्राधिकरणले यो कामको योजना बनाइसकेका बेला महानगर प्रमुखले यो काम सकिसक्ने मिति नै तोकेका छन् । बालेनले अबको डेढ वर्षभित्र काठमाडौँ महानगर क्षेत्रमा विद्युत्का तार ‘अन्डरग्राउन्ड’ हुने बताएका छन् । केही दिन अघि पनि कुलमान र बालेनबीचको भेटवार्तामा यस बिषयमा पनि गम्भीरताका साथ छलफल भएको छ ।
महानगर कार्यपालिकाको दोस्रो बैठकमा प्रमुख शाहले सडक, विद्युत् र खानेपानीका प्रमुखलाई राखेर आफूले बैठक आयोजना गरेको र सो बैठकमा विद्युत् प्राधिकरणका तर्फबाट यस्तो प्रतिबद्धता जनाइएको जानकारी दिए ।
उनले हरेक महिनाको पहिलो सोमबार सडक, विद्युत्, खानेपानी लगायतका निकायका प्रमुखसँग बैठक आयोजना गर्ने र त्यसमा एक आपसबिच सहकार्यको समीक्षा गरिने बताए ।
सडक, खानेपानी, विद्युत् प्राधिकरण लगायतका निकायले गरेका कामको अनुगमन महानगरले गर्ने र एकीकृत योजनाका अनुसार ती सबै निकायले समन्वयात्मक ढङ्गले काम गर्ने पनि महानगर प्रमुख शाहले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।