नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का नेता तथा प्रतिनिधिसभाका सांसद प्रेम सुवालले इम्बोस्ड नम्बर कमिसनको पोको बाहेक केहि नभएको तर्क गरेका छन् ।
सोमबार प्रतिनिधिसभामा जारी बजेटको मन्त्रालयगत विनियोजन बजेटमाथिको छलफलमा बोल्दै सांसद सुवालले यस्तो बताएका हुन् ।
‘अहिले नेपाललाई इम्बोस्ड नम्बरको खाँचो नै छैन । सामान्य, साधारण नम्बर प्लेट भए हुन्छ ।’ इम्बोस्ड नम्बरको खाँचो नभएको बताउँदै सांसद सुवालले भने, ‘यो मन्त्रीहरु, कर्मचारीहरुले कमिसनको लोभमा जबरजस्ती गर्न लागिएको प्रपञ्च बाहेक केहि होइन ।’
सो अवसरमा सांसद सुवालले सबै कुरामा कमिसनलाई मात्र नदेख्न समेत मन्त्रीहरुलाई आग्रह गरे ।
गण्डकी र बागमतीको यातायात कार्यालयमा दर्ता सवारी साधनले साउन १ भित्र इम्बोस्ड नम्बर नलिए कारबाही चेतावनी यातायात विभागले दिएको थियो।
बंगलादेश र अमेरिकाको कम्पनीले इम्बोस्ड नम्बर प्लेट जडानको ठेक्का लिएको थियो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।