आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

पुरुष हिंसा बन्द गर भन्दै महिलाहरुले गरे काठमाडौँमा प्रदर्शन !


  • शनिबार, जेष्ठ २१ २०७९
6.7K
SHARES

काठमाडौँमा हिजाे पुरुष पुरुष हिंसा बन्द गर्नु पर्ने भन्दै आन्दोलन भएको छ । अभिनेता पल शाहलाई रिहाइको माग गर्दै शुक्रबार राजधानीमा प्रदर्शन भएको हो ।

अभिनेता पल शाहका फ्यानहरुले न्याय निरुपण कायम गर, अदालतमा हुने भ्रष्टाचार अन्य गर, निर्दोषलाई फसाउन पाइँदैन, पुरुष हिंसा बन्द गर, पल शाहलाई न्याय दे, महिलाको अधिकार सुनिश्चित गरुलगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।

आन्दोलनमा महिला सहभागिता पनी प्रसस्तै थियो अधिकांस महिलाहरुले नै पुरुष हिंसा बन्द गर भन्ने नारा साहितको प्ले कार्ड बोकेर बिरोध जनाएका थिए ।

बिहीबार मात्रै उच्च अदालत पोखराले शाहलाई रिहा नगर्ने आदेश दिएको थियो । अदालतले जिल्ला अदालत तनहुँको आदेशलाई सदर गर्दै रिहा नगर्ने आदेश दिएको हो । एक नाबालिग गायिकामाथि बलात्कारको आरोपमा पक्राउ परेका शाह हाल थुनामै छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा