शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

राप्रपाको प्रस्ताव : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, अभिभावकीय भूमिकामा राजा


  • बिहिबार, जेष्ठ १९ २०७९
13.2K
SHARES

फाइल तस्विर

राष्ट्रिय प्रजातन्त्र पार्टीले शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधारको माग गरेको छ । जनताबाट प्रत्यक्ष रुपमा निर्वाचित प्रधानमन्त्री र अभिभावकको रुपमा राजसंस्था चाहिने राप्रपाको धारणा रहेको छ।

बिहीबार धुलिखेलमा सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राजा रहने गरी शासकीय स्वरूप परिवर्तनको माग गरेको हो । भ्रस्टाचारको अन्त्यको लागि प्रत्यक्षरुपमा निर्वाचित प्रधानमन्त्री हुनु पर्ने धारणा राप्रपाले रख्दै आएको छ।

‘भ्रष्टाचार र अस्थिरताको अन्त्यका लागि वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार गरी पूर्ण समानुपातिक संसद, जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाका रूपमा राजा रहने व्यवस्था माग गरेका छौं’, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भनेका छन् ।

राप्रपाले संघ र प्रदेशको चुनावमा लोकप्रिय उम्मेदवार छनौट गर्न पार्टी भित्र र बाहिरबाट समेत उम्मेदवारीका लागि सार्वजनिक आह्वान गर्ने निर्णय समेत गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा