१९ जेठ, काठमाडाैँ ।
आगामी आर्थिक वर्ष २०७९/८० देखि इन्टरनेटको मूल्य १७ रुपैयाँले घटेको छ । सरकारले आगामी वर्षदेखि लागू हुने गरेर बजेटमार्फत सेवा शुल्क घटाएपछि इन्टरनेटको मूल्य घट्ने भएको हो ।
इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएशन अफ नेपाल (आइस्पान) का अनुसार इन्टरनेटको मूल्य १७ रुपैयाँले घट्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको वार्षिक बजेट प्रस्तुत गर्दै दूरसञ्चार सेवाशुल्क ३ प्रतिशतले कटौती गर्ने घोषणा संगै इन्टरनेटको सुल्क घटाइने आइस्पानले जनाएको छ ।
यससँगै, हाल १२ सय ३ रुपैयाँ पर्ने इन्टरनेटको मासिक प्याकेज अब ११ सय ८६ रुपैयाँमै पाइने आइस्पानले जनाएको छ । यस्तै, आइस्पानले दूरसञ्चार सेवाशूल्क घटाएकोमा सरकारलाई धन्यवाद समेत दिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।