शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

प्रचण्ड ओलीसँग मिल्ने डरले देउवा छिटो चुनाव गराउन चाहन्छन् : सीपी गजुरेल


  • बुधबार, जेष्ठ १८ २०७९
16.9K
SHARES

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले गठबन्धन टुट्ने डरले प्रधानमन्त्री शेरबहादुर देउवा आगामी कात्तिक मसान्तभित्र संघ र प्रदेशको चुनाव गरिसक्ने पक्षमा देखिएको बताएका छन् ।

अध्यक्ष गजुरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संघ र प्रदेशको चुनावमा एमाले अध्यक्ष केपी ओलीसँग सहकार्य गरेर जाने होकि भन्ने डरले पनि प्रधानमन्त्री देउवा सो निर्वाचन छिटो सम्पन्न गराउने पक्षमा रहेको तर्क गरे ।

‘शेरबहादुर देउवा चाहिँ अर्को चुनाव चाँडै गर्ने पक्षमा छन्, कात्तिक मसान्तसम्म चुनाव गरिसक्ने । किनभने गठबन्धन अहिलेसम्म कायम छ । फेरि प्रचण्ड ओलीतिर जान्छु भन्न थालेकाले न ओलीतिर जाने हो कि ? गइहाले भने चुनाव जितिदैन’ उनले भने ।

पेट्रोलियम पदार्थलगायका दैनिक उपभोग्य वस्तुमा गरिएको मूल्यवृद्धिको विरोधमा बुधबार काठमाडौंको माइतीघर मण्डलामा आयोजित विरोध प्रर्दशनमा बोल्दै उनले चुनाव जित्नका लागि जनतालाई खुसी बनाउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको दावी समेत गरे ।

अध्यक्ष गजुरेलले चुनावमा धाँधली गरेर जित्नका लागि सरकारले कर्मचारीको तलब १५ प्रतिशत वृद्धि गरेको जिकिरसमेत गरे । सरकारले चुनाव जिताउनका लागि १५ प्रतिशत तलव वृद्धि गरेर कर्मचारीहरुलाई ‘घुस’ दिएको उनको जिकिर थियो ।

अध्यक्ष गजुरेलले भारतीय विद्युतीय गाडी कम्पनीहरुसँग कमिसन खाएर सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय गाडी सञ्चालनमा जोड दिने गरी बजेट ल्याएको आरोप समेत लगाए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा