शनिबार, साउन ३० २०८३
ताजा अपडेट

नेवा पुःच र शानले गर्‍यो जनप्रतिनिधि सम्मान तथा निःशुल्क दन्त सेवा शिविर


  • आइतबार, जेष्ठ १५ २०७९
10.8K
SHARES

१५ जेठ, काठमाडौँ ।

लायन्स क्लब इन्टरनेशनल ३२५ डी अन्तर्गत रहेको लायन्स क्लब अफ बुढानीलकण्ठ नेवा पुःच र भत्केको पुलमा रहेको शान इन्टरनेशनल कलेजको संयुक्त आयोजनामा जनप्रतिनिधि सम्मान तथा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । शनिवार चुनिखेल स्थित टुपेक गणेश मन्दिर प्राङ्गणमा एक दिने दन्त सेवा शिविर, जनप्रतिनिधि सम्मान तथा विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिहरूको सम्मान कार्यक्रम गरिएको थियो ।

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ का नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गरिएको थियो । वडाध्यक्ष टिका नारायण (टिकेश) श्रेष्ठ, वडा सदस्यहरू श्याम श्रेष्ठ, रिना श्रेष्ठ, मंगल नगरकोटी र राम माया विश्वकर्मालाई सम्मान गरिएको हो । यस्तै विभिन्न क्षेत्रमा आबद्ध २० भन्दा बढी व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

दन्त सेवा शिविर दिनैभर सञ्चालन गरिएको थियो । चुनिखेल बासीलाई लक्षित गरी गरिएको उक्त शिविरमा १ सयभन्दा बढी व्यक्तिहरूले सेवा लिएको आयोजक संस्था नेवा पुःचका चार्टर प्रेसिडेन्ट श्रीकृष्ण (आयन) श्रेष्ठले केटिएम खबरलाई बताए ।

बुढानीलकण्ठ नेवा पुःचले रक्तदान, दीन दुःखीको सेवा, असहाय विद्यार्थीहरूलाई छात्रवृत्ति, पुस्तक वितरण, निःशुल्क स्वास्थ्य शिविर लगायतको सामाजिक कार्य गर्दै आइरहेको छ । सोही अन्तर्गत चुनिखेलमा वर्षमा ३, ४ वटा सामाजिक कार्यक्रम गर्दै आइरहेका छौँ । सोही कुराको निरन्तर स्वरूप शान इन्टरनेशनल कलेजसँगको सहकार्यमा यस कार्यक्रमको आयोजना गरिएको नेवा पुःचका प्रेसिडेन्ट विकास श्रेष्ठले बताए ।

कार्यक्रममा पूर्व वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) बुढानीलकण्ठ नगर कमिटीका अध्यक्ष भाई नारायण श्रेष्ठ, माओवादी केन्द्र वडा नम्बर १३ का अध्यक्ष हरिदास श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम बिहान ११ः३० बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा