१२ जेठ, काठमाडौँ ।
सञ्चारकर्मी सोनित राज ढुंगेल सम्मानित भएका छन् । भत्केको पुल स्थित शान इन्टरनेशनल कलेजको २२औँ स्थापना दिवसको अवसरमा ढुंगेल सम्मानित भएका हुन् ।
शनिवार शान इन्टरनेशनल कलेजले स्थापना दिवसको अवसरमा वरिष्ठ समाजसेवी दिल शोभा श्रेष्ठ, सुश्री भद्राकुमारी घले एवं डा. जगदिस चन्द्र पोखरेल, कलाकार निर्मल शर्मा लगायतको उपस्थितिमा विशेष वार्षिकोत्सव कार्यक्रमको आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा आधुनिक समाज निर्माणमा योगदान पुर्याएका व्यक्तिहरू भन्दै विभिन्न क्षेत्रका २० भन्दा बढी व्यक्तिहरूलाई कलेजले सम्मान गरेको छ । सोही क्रममा सञ्चार कर्मबाट ढुंगेलले शिक्षा तथा सामाजिक क्षेत्रको योगदान गरेका कारण सम्मान गरिएको जनाइएको छ ।

सम्मान पत्रमा भनिएको छ, ‘विगत लामो समयदेखि अत्यन्तै निष्ठा र समर्पण साथ शिक्षा तथा समाजसेवीका रूपमा तपाई नेपाली नागरिक समाजमा समर्पित रहँदै आउनु भएको छ । समाजमा रहेको अशिक्षा, रूढिवादी, परम्परा र अन्धविश्वासलाई समाप्त पार्न शिक्षा तथा सामाजिक कार्यद्वारा सभ्य नागरिक र आधुनिक समाज निर्माणमा अतुलनीय योगदान पुर्याउनु भएकोमा उच्च मूल्याङ्कन स्वरूप सान इन्टरनेशनल कलेज आफ्नो २२औँ स्थापना दिवसको उपलक्ष्यमा यहाँलाई सम्मान गर्दछ । आगामी दिनमा शिक्षा तथा सामाजिक क्षेत्रमा अझै बढी योगदानको अपेक्षा राख्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ ।’
सम्मान पश्चात् ढुंगेलले भने, ‘शान इन्टरनेशनल कलेजको वार्षिकोत्सवको अवसरमा सम्मानित हुँदा खुसी महसुस गरेको छु । यसका निम्ति कलेज परिवारलाई मनदेखि धन्यवाद दिन्छु । आगामी कर्मका लागि थप ऊर्जा र जिम्मेवारी थपिएको महसुस गर्दछु ।’
ढुंगेल निकिला मिडिया नेटवर्क प्रा.ली. अध्यक्ष हुन् । भने भवानी इन्टरटेनमेन्टका अध्यक्ष, पब्लिक सूचनाका सञ्चालक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमका आयोजक, कार्यक्रम व्यवस्थापक सङ्घ नेपालका महासचिव, ग्यालेक्सी एक्सिलेन्सी अवार्डका आयोजक एवं युवा समाजसेवी हुन् ।