बुधबार, जेष्ठ १७ २०८०
ताजा अपडेट

देउवालाई ओलीको प्रश्न : नेपाल एक चीन नीतिमा छ कि छैन ?


  • KTM Khabar
  • बिहिबार, जेष्ठ १२ २०७९
8.3K
SHARES

फाइल तस्विर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायकमन्त्रीले गुम्बा गुम्बाको भ्रमण गरेकोमा आपत्ति जनाएका छन् ।

सरकारको नीति तथा कार्यक्रमाथि संसदमा भएको छलफलमा भाग लिंदै ओलीले आफू लिमी भ्याली जाँदा अनुमति लिएर जानु परेको सुनाए । उनले अघि भने, ‘विदेशीमन्त्री आएर इजाजत लिनुपर्छ कि पर्दैन ? लिनुपर्छ भने कसरी दिनुभयो ? कसको पक्षमा इजाजत दिनुभयो ? कसको विपक्षमा दिनुभयो ?’

उनले सरकारलाई छिमेकी सन्बन्धका संवेदनशीलता बुझ्छ कि बुझ्दैन भन्ने प्रश्न गरेका छन् । ‘कति लाचारी ? सत्ता कति प्यारो ? वात्तैपिच्छे सत्ता फुत्की हाल्छ ? कस्तो अचम्म ?’ उनले भने,’गठबन्धन बलियो छ भन्नुहुन्छ । तर एउटा सहायक विदेशमन्त्री आयो भने थुरथुर । तपाईंहरूको तीन दिन कामज्वरो हट्दैन । अनि कसरी आफ्नो स्वाधिनताको रक्षा गर्नुहुन्छ ।’

सरकारलाई अस्थायी, म्यादी सरकार भन्दै आलोचना गरेका उनले परराष्ट्र नीतिमा जे पनि गर्ने छुट नभएको बताए । नेपालले एक चीन नीतिमा प्रतिवद्धता जनाएको भन्दै उनले छद्म नीति नलिन आग्रह गरेका छन् ।

ओलीले अघि भने, ‘सम्मानीय प्रधानमन्त्रीज्यू, मैले उठाएका प्रश्नहरुको जवाफ आउनुपर्छ । नेपाल एक चीन नीतिमा छ कि छैन ? सन्तुलित, एउटाका विरुद्ध अर्कोको भूमि प्रयोग हुन नदिने नीतिमा अडिग छ कि छैन ?’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा