शनिबार, असार १८ २०७९
ताजा अपडेट

काम गर्नेको पारा नै बेग्लै, बधाईको अबिर मेट्न नपाउँदै हर्क साम्पाङ उत्रिए फिल्डमा !


  • KTM Khabar
  • बुधबार, जेष्ठ ११ २०७९
4K
SHARES

११ जेठ, काठमाडौँ ।

स्वतन्त्र रूपमा उम्मेदवारी दिएर सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा भारी मतले विजयी भएका हर्क साम्पाङ फिल्डमा उत्रिन थालेका छन् ।

धरानका जनताको सबैभन्दा ठुलो समस्याको रूपमा रहेको खानेपानी समस्या समाधानका लागी साम्पाङले कदम चाल्न सुरु गरेका छन् । खानेपानीको मुहानमा पुगेर उनले केही महत्त्वपूर्ण निर्देशन दिँदै तत्काल समस्या समाधान गर्ने गरी काम गर्न पनि सम्बन्धित निकायलाई भनेका छन् ।

उपमहानगरपालिकाको कार्यालयमा रहेको सरकारी गाडी नचढी साम्पाङ आफ्नै निजी मोटरसाइकल चढेर खानेपानीको मुहान अवलोकनका लागी पुगेका थिए । ठुलो तडकभडक नगरी आफ्ना केही सहयोगीहरूलाई मात्रै लिएर उनी पुगे ।

उनी सर्दु जलाधारको मुहान पुग्दा पाइप फुटेर पानी खोलामै बगेर गइरहेको पाइएपछि तत्कालै मर्मत गरी धरानमा पठाउन निर्देशन दिएका छन्। साम्पाङले बिहीबार धरान पुछारको जङ्गल क्षेत्रस्थित सेउती खोलाको पानी पनि अवलोकन गर्ने भएका छन्। उनले आफ्नो कार्यकालमा धरानमा पानीको समस्या हटाउने वाचा गरेका छन्।

काकाकुल धरामा खानेपानी समस्या समाधान गर्ने प्रमुख एजेन्डा उठाएरै उनले चुनाव जितेका थिए।धरानमा केही लिटर पानीका लागि घण्टौँ लाइन बस्नु पर्ने बाध्यता उपभोक्तामा छ। धरानमा एसियाली विकास बैङ्कको सहयोगमा भूमिगत पानी निकालेर सङ्कट टार्ने प्रयास असफल भइसकेको छ।

हर्कसहितका अभियन्ताले एडिबीको परियोजनामा भ्रष्टाचार मात्रै भएको आरोप लगाएका छन्। हर्कले धरानको पानी समस्या दीर्घकालीन समाधानका लागि सप्तकोसी नदी उचित विकल्प भएको बताउँदै आएका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा