शनिबार, असार १८ २०७९
ताजा अपडेट

स्वतन्त्र उम्मेदवारले गरेको पहिलो निर्णयले ल्यायो देशभर तरङ्ग, कुर्सीमा बसेको २४ घण्टा नबित्दै देखियो यस्तो छनक !


  • KTM Khabar
  • बुधबार, जेष्ठ ११ २०७९
9.2K
SHARES

११ जेठ, काठमाडाैँ ।

यस पटकको स्थानीय तहको निर्वाचनबाट देखिएको नतिजाले आम नागरिकलाई भने उत्साहित बनाएको छ । यसको प्रमुख कारण हो पूर्व धरानदेखि पश्चिम धनगढीसम्म स्वतन्त्र उम्मेदवारले विजयी हासिल गर्नु । स्वतन्त्रबाट जित निकालेका जनप्रतिनिधीहरुका हरेक गतिविधि अहिले जनताले नियालिरहेका छन् ।

धरान उपमहानगरपालिकामा नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ) देखि धनगढी उपमहानगरपालिकाको मेयरमा बाजी मारेका गोपाल हमालसम्मलाई जनताले विश्वास गरेर जिताएपछि जनता उनीहरूले कसरी काम गर्लान् र कस्ता निर्णय गर्लान् भनेर प्रतीक्षामा रहेका छन् ।

धरान उपमहानगरपालिकाका पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरेकै दिन देशभरि तरङ्ग दिने गरी आफ्नो नगरमा वैज्ञानिक कर प्रणाली लागु गर्ने निर्णय गरेका हुन् । उनको यो निर्णयसँगै केन्द्र प्रदेश सरकार दुबैलाई तरङ्गित पारेको छ । स्वतन्त्र उम्मेदवारबाट मेयर पद जितेका साम्पाङ धरान मात्र नभएर आम नेपालीको चासो र आकर्षक पात्र बनेका छन्। .

(मङ्गलवार) बिहान करिब १० बजे उपमहानगरपालिका स्थित मेयरको कार्यकक्षमा पुगेर राईले पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गरेसँगै मेयर राईले वैज्ञानिक कर लागु गर्न अध्ययन गरी सुझाव पेस गर्न एक कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका छन्। मेयर राईले उक्त कार्यदलको संयोजकमा उपमेयर अइन्द्रबिक्रम बेघालाई संयोजक तोकेका छन्। यस्तै, सदस्य सचिवमा राजश्व महाशाखाका प्रमुख छन्। सदस्यहरूमा प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुखबाट मनोनीत एक जना अर्थशास्त्री र सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष वा उनले तोकेको व्यक्ति कार्यदलमा रहने मेयरको पहिलो निर्णयमा उल्लेख छ।

कार्यदलले धरानको कर वैज्ञानिक भए नभएको अध्ययन गर्ने पनि मेयर राईले जानकारी दिए। साथै, अन्य पालिकाहरूको पनि कर प्रणालीको अध्ययन गर्ने, नगरको आयस्रोतहरूको पहिचान गर्ने र दररेट निर्धारणको लागि अध्ययन गरी कार्यदलले पेस गर्ने पनि मेयर राईले जानकारी दिए। उनले भने,‘धरानमा राजश्व सङ्कलन (कर) कतिको वैज्ञानिक छर ? अन्य ठाउँ तिरको कर र यहाँको करको भिन्नता के छ रु आयस्रोतहरू के के हुन् त्यसलाई पनि पहिचान गर्ने र दररेट निर्धारण गर्न अध्ययन गरी सुझाव दिने कार्यदल गठन गर्ने निर्णय गरेका छौ।’ उपमेयर अइन्द्रबिक्रम बेघाले सोमबार नै पदभार ग्रहण गरिसकेका छन् ।

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका (साम्पाङ) ले बहुमतका साथ मेयरमा निर्वाचित भएका हुन्। उनले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार किशोर राई र एमालेकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीलाई भारी मतान्तरले पराजित गरेका थिए। धरानका जनताको प्रमुख सरोकार एवं समस्याहरू खानेपानी, बिपी प्रतिष्ठानको उपचार सेवा, सडकको खाल्डाखुल्डी, लोडसेडिङलगायत मुद्दामा निरन्तर आवाज उठाउँदै आइरहेका उनलाई यसपालि धरानका जनताले मेयरमा निर्वाचित गरेका छन्।

मेयर राईले जनतालाई स्थानीय सरकार भएको प्रत्याभूति दिलाउने पनि बताएका छन्। पदभार ग्रहण गरेपश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले धरानमा स्थानीय सरकार छ है भन्ने अनुभूति जनतालाई गराउने बताएका हुन्। उनले भने, ‘सरकार छ भन्ने कुरा थाह हुनुपर्‍यो जनतालाई। सरकार त छ, कर मात्र उठाउँछ भन्ने महसुस हुनुभएन। सरकार छ, त्यसले सामाजिकरुपमा सुरक्षित छौँ, शान्ति सुरक्षाको प्रत्याभूति भएको छ, सुशासनको प्रत्याभूति भएको छ भन्ने खालको जनतालाई महसुस हुनुपर्छ।’

जनताको आशा धेरै भएकोले आफू मेयर भएपछि जिम्मेवारी बढेको प्रतिक्रिया दिँदै राईले चुनौतीहरू धेरै भएकोले सबै राजनीतिक दल, सङ्घसंस्था, नागरिक समाजले मिलेर नै धरानलाई सुशासित र विकसित बनाउनुपर्ने पनि बताए। ‘सबैको सहकार्य र सहभागिता विना हामीले मात्र नगरपालिका अघि बढाउन सक्दैनौ,’ उनले भने,‘म पनि सबैलाई मिलाएर लैजान्छु, किनभने म अभिभावकको रूपमा छु। समन्वयकारी भूमिका खेलेर अभिभावकत्व ग्रहण गरेको छु, अभिभावकत्व पूरा गर्छु।’

नगरपालिकालाई पारदर्शी र जनमुखी बनाउने पनि उनले प्रतिबद्धता व्यक्त गरे। खानेपानी व्यवस्थापन गर्न चुहावट रोक्ने, चाडै मर्मत सम्भार गर्ने काम अघि बढाउने र उत्पादन बढाउन स्रोत थप्न पनि प्राथमिकता दिने उनले बताए।

यस्तै यता कैलालीको धनगढी उपमहानगरपालिकाभित्रका ज्येष्ठ नागरिकले निजी अस्पतालमा निःशुल्क उपचार पाउने भएको छन् । मङ्गलवार धनगढी उपमहानगरपालिका र नेपाल निजी अस्पताल सङ्घबिच उक्त सम्झौता भएको हो ।

उपमहानगरपालिकाका मेयर गोपाल हमालको अध्यक्षतामा बसेको दुवै पक्षबिचको बैठकले ७० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई निःशुल्क ओपिडी सेवासहित रोग निदान (परीक्षण) र बेड चार्जमा १० प्रतिशत सहुलियत दिने निर्णय गरेको छ । यस्तै, उनीहरूलाई औषधिमा समेत ५ प्रतिशत सहुलियत दिने सम्झौता भएको निर्णय भएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा