११ जेठ, काठमाडौँ ।
उदयपुर जिल्लाको कटारी नगरपालिकाको मेयर पदमा कांग्रेस उम्मेदवार विजयी भएका छन् । कांग्रेसका उम्मेदवार राजेश चन्द्र श्रेष्ठ कटारी नगरपालिकाको मेयर पदमा निर्वाचित भएका हुन् ।
श्रेष्ठले स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बराललाई ४६५ मतान्तरले पराजित गरेका हुन् । यस्तै कटारी नगरपालिकाको उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् ।
श्रेष्ठले ६ हजार ४१७ र बरालले ५ हजार ९५२ मत ल्याएका थिए । एमालेका ज्ञानेन्द्र श्रेष्ठले ५ हजार ७१५ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपप्रमुखमा एमालेकी गीता खड्का विजयी भएकी छन् । उनले माओवादीका बिनोद कटुवाललाई पराजित गर्दै विजयी भएकी हुन् । खड्काले ६ हजार ४१३ र कटुवालले ३ हजार ८२१ मत ल्याएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।