शनिबार, असार १८ २०७९
ताजा अपडेट

गाउँपालिका अध्यक्षको कार्यालयमा केपी ओलीको फोटो !


  • KTM Khabar
  • बुधबार, जेष्ठ ११ २०७९
2.4K
SHARES

११ जेठ, काठमाडाैँ ।

वैशाख ३० भएको स्थानीय तहको निर्वाचनको नतिजा आउने क्रम जारी छ । अधिकांश स्थानीय तहले जनप्रतिनिधि पाइसकेका छन् । केही मात्रामा मात्र पालिकाहरूमा मत गणना जारी रहेको छ ।

निर्वाचित भएर शपथ खाइसकेका जनप्रतिनतिहरू भटाभट निर्णय गर्न थालिसकेका छन्।

यसै क्रममा अछामको तुर्माखाँद गाउँपालिकाका नवनिर्वाचित अध्यक्षले भने कार्यकक्षमा आफ्नो पार्टी अध्यक्षको फोटो टाँसेर पदभार ग्रहण गरेका छन् ्। यस्तो गर्ने जनप्रतिनिधि हुन् नवनिर्वाचित पालिका अध्यक्ष डम्बर बहादुर बिसी। उनी नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्।

सामान्यता कार्यालयहरूमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो झुन्ड्याउने प्रचलन रहे पनि उनले आफ्नो कार्यकक्षमा एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्बिर झुन्ड्याएर जिम्मेवारी सम्हालेका छन्।

बिसीले गाउँपालिका कार्यालयमा आफ्ना पार्टी अध्यक्षको फोटो झुन्ड्याएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ। सरकारी सेवा सुविधा खाने जनप्रतिनिधि भएर गाउँपालिका कार्यालयमा आफ्नो पार्टी अध्यक्षको फोटो टाँसेर पार्टी कार्यालय बनाउन खोजेको भन्दै धेरैले आलोचना गरिरहेका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा