११ जेठ, काठमाडौँ ।
वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा नेपालका चर्चित रेस्लर नुवाकोटे टाइगर उर्फ कमल तामाङले शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा सर्वाधिक मतसहित विजयी भएका छन् ।
तामाङले नेपाल नेकपा एमालेबाट विष्णु श्रेष्ठको प्यानलबाट खुल्ला सदस्य पदमा उम्मेदवारी दिएका थिए । तामाङले नेपाली काँग्रेसका अभियान आचार्यलाई २४१ मतको मतान्तरले हराएका छन् ।
उनी नेपालको चर्चित रेस्लर खेलाडी (नुवाकोटे टाइगर) भनेर देश तथा विदेशमा समेत चर्चित रहेका छन् ।
विगत केही वर्ष यता आफ्नो गाउँमा राम्रो र जनताले चाहेको जस्तो राजनीतिक नभएको कारण उनले आफैँ राजनीतिमा लाग्ने निर्णय गरे ।
यस्तै, अध्यक्ष पदमा श्रेष्ठले ७६१, महिला सदस्यमा भगवती बुढाथोकीले ७७०, दलित महिला सदस्यमा जानुका नेपालीले ७६० र खुल्ला सदस्यमा विशाल थापाले ७११ मत प्राप्त गरी विजयी भएका थिए ।
शुक्रवार गाउँपालिकाको कार्यालय शेराबगरमा पदभार ग्रहण गर्दै नागरिकको आवश्यकता अनुसार शिवपुरीको विकासका निमित्त खट्ने नवनिर्वाचित सदस्य तामाङले बताएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।