शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

काठमाडौँ महानगर अपडेटः बालेनले कटाए ४५ हजार मत


  • सोमबार, जेष्ठ ९ २०७९
9.9K
SHARES

फाइल तस्विर

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले ४५ हजार मत कटाएका छन्। जारी मतगणनाको पछिल्लो परिणाम अनुसार साहले ४५ हजार ९८२ मत ल्याएका छन्।

दोस्रो स्थानमा रहेकी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २७ हजार ४२३ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २६ हजार ४५४ मत प्राप्त गरेका छन्।

अहिलेसम्म १ लाख ३४ हजार ८७ मत गणना भइसकेको छ भने अब ५७ हजार ९९ मत गन्न बाँकी छ। काठमाडौं महानगरमा अहिले वडा नम्बर ९, १०, १३, १४, १५, २०, २१, २२ र २६ नम्बर वडाको मतगणना भइरहेको छ।

वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, २३, २४,२५, २७, २८,२९, ३०,३१ र ३२ नम्बर वडाको मतगणना भइसकेको छ।

यीमध्ये एमालेले १, २, ३, ४, ५, २३, ३१,३२ नम्बर वडामा जित हासिल गरेको छ भने नेपाली कांग्रेसले ६, ७, ८, ११, १२, २४, २५, २७, २८,२९ र ३० नम्बर वडामा जितेकाे छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा