काठमाडौँ – स्थानीय तहको निर्वाचन २०७९ को अन्तिम मतपरिणाम सार्वजनिक हुनै लाग्दा नेकपा एमाले दाश्रो पार्टीमा झरेको छ । २०७४ सालको निर्वाचनमा पहिलो बनेको पार्टी यो पटक दोश्रो भएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली विछिप्त बनेका छन् ।
मतपरिणामले विछिप्त बनेका ओलीलाई अर्को दुःखद खबर प्राप्त भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले आगामी प्रतिनिधिसभाको निर्वाचन र प्रदेशसभा निर्वाचनसम्म गठबन्धन कायम रहने बताएपछि ओलीलाई झन तनाव थपिएको छ ।
स्थानिय तहको निर्वाचनमा प्राप्त नतिजाले काग्रेस माओवादी सहितको गठबन्धन सफल भएको दाबी गर्दै प्रचण्डले गठबन्धन कसैले चाहेर फुटाउन नसक्ने बताए । अहिले गठबन्धनका उमेदवारहरुले देशव्यापी रुपमा पाएको बिजयलाई देशको विकासका लागी संकल्प गर्नु पर्ने भन्दै प्रचण्डले आगामी प्रदेश र संघिय निर्वाचनमा पनि गठबन्धन कायम गरेरनै जाने घोषणा गरेका हुन् ।
प्रचण्डले निर्वाचन जित्न मात्रै होइन त्यस पछि देशको विकास र समृद्धीका लागि पनि गठबन्धन आवश्यक रहेको दाबी पनि गरेका छन् । गठबन्धनमा आवद्ध दलहरु सबैले संकल्प गरेर विकास र समृद्धीको मुद्धामा एक भएर जाने प्रतिवद्धता पनि उनले व्यक्त गरेक छन् । प्रदेश र संघको निर्वाचनमा गठबन्धन गरेर जाने बिषयमा गठबन्धनमा आवद्ध दलहरु एकढिक्का रहेको दाबी पनि उनले गरेका छन् ।
प्रचण्डले विजयलाई विकास, समृद्धि र जनताको हितमा बदल्ने सङ्कल्प गर्ने बेला भएको बताएका छन् । मध्यपुर थिमी नगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट विजयी उम्मेद्वारलाई शनिवार बिहान निवास खुमलटारमा बधाई दिँदै यस्तो बताएका हुन् । उनले भनेका छन् “निर्वाचन अघि पनि जितेर आउने प्रतिवद्धता व्यक्त गरेर जानुभएको थियो, अहिले जितेर आउनुभएकोमा तपाईहरु सबैलाई बधाई र कार्यकालको शुभकामना छ ।”
प्रचण्डले विजयी जनप्रतिनिधिहरुलाई अब राम्रो काम गर्ने चुनौति रहेको पनि बताएका छन् । उनले मध्यपुर थिमीमा गठबन्धनको मर्मलाई पक्डिन सफल भएको देखिएको भन्दै भनेका छन्, “हामीले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा शुरु गर्न खोजेको हो । मूलभूत रुपमा गठबन्धन सफल भएको हो ।
हामी यो गठबन्धनलाई आउने प्रदेश र संघीय निर्वाचन र त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि लिएर जाने सङ्कल्प हो । यसमा हामी गठबन्धनका दलहरु दृढ छौं ।”प्रचण्डले भनेका छन् ।
ओलीले स्थानीय तहको निर्वाचन पश्चात माओवादीलाई कांग्रेस भन्दा बढि दुध भात दिने बताएका थिए ।