शनिबार, साउन ९ २०८३
ताजा अपडेट

भरतपुरमा अब ३२ हजार भोट गन्न बाँकी, रेनु दाहालले बनाइन् ८ हजार बढीको मतान्तर


  • आइतबार, जेष्ठ ८ २०७९
9.4K
SHARES

चितवनको भरतपुर महानगरपालिकामा खसेको मध्ये अब करिब ३२ हजार भोट मात्रै गन्न बाँकी रहेको छ । भरतपुर महानगरपालिकामा १ लाख २७ हजार ५६६ मत खसेकामा ९५ हजार ३११ मत गणना भइसकेको हो । यस हिसावले अब ३२ हजार २५५ मत गणना हुन बाँकी रहेको छ ।

आइतबार दिउँसो प्राप्त मतपरिणामअनुसार ९५ हजार ३११ मत गरिसक्दा सत्ता गठबन्धनको साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ८ हजार १५४ मतको अग्रता बनाएकी छन् । उनले ३७ हजार ४६८ मत पाउँदा एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले २९ हजार ३१४ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ३५९ मत पाएका छन् ।

उपमेयरमा भने काँग्रेसका चित्रसेन अधिकारी जिततर्फ अघि बढिसकेका छन् । उनले ३९ हजार ६३९ मत पाउँदा राप्रपाकी हिमला गुरुङले २३ हजार २१२ मत पाएकी छन् । चितवनमा सत्ता गठबन्धन रहेको छ भने एमालेले पनि राप्रपासँग तालमेल गरेको छ । भरतपुरमा १ देखि २० नम्बर वडाको मतगणना सम्पन्न भइरहेको छ भने अहिले वडा नम्बर २१ को गणना चलिरहेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा