शनिबार, असार १८ २०७९
ताजा अपडेट

‘कोरसिटी’ को नयाँ वडामा पनि स्थापितले उछिने सबैलाई !


  • KTM Khabar
  • शनिबार, जेष्ठ ७ २०७९
6.5K
SHARES

फाइल तस्विर

७ जेठ, काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाको नतिजाको कोर सिटीको नतिजामा एमाले उम्मेदवार केशव स्थापित र गठबन्धनकी उम्मेदवार सिर्जनासिंह निरन्तर अग्रता कायम गरिरहेका छन् । यहाँ स्वतन्त्र उम्मेदवार तेस्रो स्थानमा देखिएका छन् ।

काठमाडौँ महानगरपालिकाको २४ नम्बर वडाको मतगणना भइरहेको छ । अहिलेसम्म उक्त वडाको ६ सय मत गन्दा स्वतन्त्र उम्मेदवार बालेन साहले ११६, एमालेका केशव स्थापितले १५३ र काँग्रेसकी सिर्जना सिंहले ११६ मत पाए का छन् ।

वडा नम्बर २४ ‘कोरसिटी’ अन्तरगत पर्छ । कोरसिटी भनिएका वडाहरूमा बालेन र केशव स्थापितबीच प्रतिस्पर्धा छ । यस्तै यता ६ महानगरमध्ये पहिलो पटक विराटनगरको नतिजा सार्वजनिक भएको छ ।

नतिजाअनुसार नेपाली काँग्रेसका उम्मेदवार नागेश कोइराला भारी मतान्तरले विजयी भएका छन् । कोइरालाले ३०, १७० मत पाए भने उनको प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सागर थापाले २१, ४५५ प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार शिल्पा कार्की अत्यधिक मतका साथ विजयी भएकी छन् । कार्कीले २५, ६८० मत ल्याउँदा प्रतिस्पर्धी जसपाका अमरेन्द्र यादवले १४, २१९ मत पाए ।

यता काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाह निरन्तर अगाडि बढेका छन्। बालेनले हाल ३३ हजार २६० मत ल्याएका छन्। उनले नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई १५ हजार ५६८ मतान्तरले पछि पारेका छन्।

स्थापितले १७ हजार ६ सय ९२ मत ल्याएका छन्। यस्तै नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले १७ हजार ५ सय ७९ मत ल्याएर तेस्रो स्थानमा छन्। केशव र सिर्जनाको मतान्तर ११३ रहेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा