शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

झलनाथको निर्वाचन क्षेत्रमा समाजवादीले मार्यो बाजी


  • शनिबार, जेष्ठ ७ २०७९
7.2K
SHARES

फाईल तस्बिर

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा नेकपा (एकीकृत समाजवादी) पार्टीले जित हासिल गरेको छ ।

खनालको निर्वाचन क्षेत्रमा पर्ने इलामको सूर्योदय नगरपालिकामा एकीकृत समाजवादीका रनबहादुर राई मेयरमा निर्वाचित भएका हुन्। उनले १२ हजार ४ सय ३१ मत त्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका काजीमान कागतेले १० हजार ५ सय ७९ मत मात्रै ल्याएका छन्।

उपमेयरमा भने नेपाली काँग्रेसका दुर्गाकुमार बराल विजयी भएका छन्। यहाँ काँग्रेस र समाजवादीले गठबन्धन गरेका थिए।

राईले ११ हजार ८५१ मत ल्याउँदा एमालेकी उम्मेदवार दुर्गादेवी भट्टराईले ९ हजार १ सय २२ मत ल्याइन्।

याे पनि हेर्नुहाेस्:

माधव नेपालकै वडामा हार्यो समाजवादी !

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी ) पार्टीले नमिठो हार व्यहोरेको छ । आफू बसोबास गरेको वडामा समाजवादीका उम्मेदवारले हार व्यहोरेका हुन् ।

काठमाडौँ महानगरपालिका–३२ को अध्यक्षमा नेकपा एमालेका नवराज पराजुली विजयी भएका छन् । पराजुली तेस्रो पटक वडाध्यक्ष बनेका हुन् । वडाध्यक्षसहित एमालेले महिला सदस्य, दलित महिला सदस्य तथा सदस्य पनि जितेको छ ।

काठमाडौँ महानगरको जारी मतगणनामा वडा नं.३२ को परिणामअनुसार पराजुली ५ हजार २ सय २५ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ३ हजार १०८ मत पाइन् । पराजुलीले नेकपा एकीकृत समाजवादीकी उम्मेदवार सीतादेवी कँडेललाई पराजित गरे । उनी ०५४ मा पनि वडाध्यक्ष भएका थिए । ०७४ को निर्वाचनमा उनी नेकपा एमालेबाट उम्मेदवार बनेर निर्वाचित भएका थिए ।

महिला सदस्यमा हिरादेवी पोखरेल ५४ सय ८९ मत, दलित महिला सदस्यमा सिता विशुंखे ५२ सय ३५ मत तथा सदस्यमा भगवान् बुढाथोकी ४४ सय ७१ र हरिबहादुर बस्नेत ४३१८ मत प्राप्त गर्दै विजयी भएका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवाससमेत रहेको यो वडामा काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबिच गठबन्धन थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद गजुरेलले ११६२, नेकपा माओवादी केन्द्रका राम भारतीले ११९ र विवेकशील साझा पार्टीका रवि रिमालले १५४ मत पाएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा