६ जेठ, पोखरा ।
मतगणना स्थल पुगेको २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मतगणना भइरहेको बेला पार्टीकाे नक्कली प्रतिनिधि बनेर पुगेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । यो समाचार हो पोखरा महानगरपालिकाको ।
पोखरा महानगरपालिकाको मतगणना स्थलबाट दुई जना नक्कली प्रतिनिधिलाई शुक्रवार पक्राउ गरेको छ ।
राजनीतिक दलको गणक प्रतिनिधिको रूपमा नक्कली पास बनाएर गणना स्थल प्रवेश गर्न खोज्ने दुई जनालाई मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुन्दर तिवारीले उनीहरूलाई वडा प्रहरी कार्यालय बैदाममा राखेर थप अनुसन्धान गरिरहेको बताएका छन् । प्रहरीले पक्राउ परेका व्यक्तिको नाम र दल भने गोप्य नै राखेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।