शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सबैको प्रतीक्षित बनेको कोर एरियाको मतगणना सुरु, केशव स्थापितलाई तेब्बर धेरै मत !


  • बिहिबार, जेष्ठ ५ २०७९
14.1K
SHARES

फाइल तस्विर

काठमाडौं । सबैको ध्यान काठमाडौं महानगरको कोर क्षेत्रको मतपरिणाममा तानिएको छ । कोर क्षेत्र मानिएका वडाहरुको मतगणना सुरु भएपछि नेकपा एमालेलाई सुखद परिणाम बाहिरिएको छ । काठमाडौं महानगरको वडा नम्बर २७ को पहिलो मतपरिणाम प्राप्त भएको छ ।

कोर एरियाभित्र पर्ने यो वडामा एमालेका केशव स्थापितले सुरुवाती अग्रता लिएका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर २७ स्थित महावौद्धसहितका क्षेत्रको मत गनिरहँदा स्थापितले लौरो चुनाव चिह्नका बालेन साहलाई तेब्बर मतले पछि छाडेका हुन्। रैथाने नेवार समुदायको बाक्लो बसोबास रहेको वडा नम्बर २७ मा २ सय मत गन्दा स्थापितले १४६ मत ल्याएका छन् भने बालेनले तेब्बर कम अर्थात ४३ मत मात्रै पाएका छन्।

उता नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले बालेनलाई पछ्याउँदै ४१ मत ल्याउन सफल भएकी छन्। अर्कातिर आँखीझ्यालका सुमन साय्मीले ३१ भोट ल्याएका छन्।

मतगणनास्थल राष्ट्रियसभा पुगेकी सिंहले संचारकर्मीसँग कुराकानी गर्दै आफ्नो पक्षमा आएको एक भोटको पनि सम्मान गर्ने बताइन्।

‘के कारणले मत बाँडियो भन्नेमा हामीलाई पनि अचम्मै लागिरहेको छ। हामी हेर्दैछौं,’ उनले भनिन्, ‘अझ बाँकी भएको कारणले राम्रो हुन्छ भन्नेमा विश्वसनीय छौं।’अहिलेसम्म आएको परिणामलाई सहज रुपमा लिएको भन्दै मेयरमा जित्नेमा आशावादी रहेको उनले बताइन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा