शनिबार, असार १८ २०७९
ताजा अपडेट

गोकुल बास्कोटाको क्षेत्रमा एमालेको नमिठो हार, समाजवादीले निकाल्यो शानदार जित !


  • KTM Khabar
  • बिहिबार, जेष्ठ ५ २०७९
2.3K
SHARES

फाइल तस्विर

४ जेठ, काठमाडौँ ।

नेकपा एमालेका चर्चित नेता गोकुल बास्कोटाको क्षेत्रमा एमाले उम्मेदवारले नमिठो हार व्यहोरेको छ । उनको गृहपालिका काभ्रेमा माधव कुमार नेपाल नेतृत्वको पार्टीले बाजी मारेको हो ।

काभ्रेको मण्डन देउपुर नगरपालिका प्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका टोकबहादुर वाइबा ९ हजार ४ सय ६ सहित नेकपा एसका मेयर बनेका हुन् । उनले पराजित गरेका एमाले उम्मेदवार विदुरप्रसाद सापकोटाले ८ हजार ३ सय ५१ मत पाएका छन् ।

मण्डनदेउपुर एमालेका नेता तथा पूर्व मन्त्री गोकुल बास्कोटाको घर रहेको नगरपालिका हो भने यो ठाउँ उनको निर्वाचन क्षेत्र अन्र्तगत पर्दछ । उपमेयरमा नेपाली काँग्रेसका विष्णुमणी नेपाल ११ हजार ३ सय ५ मत पाएर विजयी भएका छन् । पराजित भएकी एमालेकी सरिता ढकालले ६ हजार ९ सय २४ मत ल्याएकी छन् ।

यस्तै यता विवाद भएपछि दोस्रोपटक गरिएको मतगणनामा पनि सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्साका वडा अध्यक्षमा एमालेका काले गोले विजयी भएका छन् ।

पहिलोपटक गरिएको गणनामा ४ मतले जितेका गोलेले दोस्रोपटक गणना गर्दा १४ मत बढी पाएका छन् । पहिलो गणनामा धाँधली भएको भन्दै माओवादी र कांग्रेसको गठबन्धनले आपत्ति जनाएपछि विवाद भएको थियो ।

मत गणना गर्दा ४ मतले गोले विजयी भएपछि गठबन्धनले धाँधली गरेको आरोप लगाएपछि २४ घण्टासम्म मत गणना हुन सकेको थिएन । गठबन्धनले राखेको माग अनुसार पुनः दोस्रोपटक गणना गरिएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा