काठमाडौँ । अहिले काठमाडौँ महानगरको मेयरका प्रत्याशी बालेन शाह अहिले रफ्तारमा अगाडी बढिरहेका छन् । उनको चर्चा देश तथा विदेशमा चुलिएको छ । उनले मेयर जित्ने प्रबल सम्भावना समेत देखिएको छ ।
यसैबिच, बालेन अहिले छिमेकी महानगर र नगरको दौडधुपमा छन् ।
काठमाडौँ महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा जारी रहँदा अग्रस्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालेन साह हिजाे (बुधवार) ललितपुरको मतगणना स्थल पुगे । एक स्वतन्त्र उम्मेदवारको प्रतिनिधिका रूपमा मतगणनामा बस्न गएका बालेन त्यसका लागि अनुमति नपाएपछि फर्किएका छन् ।
ललितपुर महानगरको मतगणना स्थल जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा बालेन केही साथीहरूसहित गएका थिए । त्यहाँ निर्वाचन आयोगका प्रतिनिधिहरूसँग कुरा गर्दा अर्को नगरको व्यक्तिले प्रतिनिधि बस्न नपाइने जानकारी उनले पाए ।
ललितपुरको वडा नम्बर १० बाट स्वतन्त्र उम्मेदवारी दिएका नरसिंह व्यञ्जनकार बालेनका राजनीतिक गुरु हुन् । व्यञ्जनकारले पञ्चायतकलादेखि निरन्तर हरेक चुनावमा भाग लिएर वडाध्यक्ष जित्दै आएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।