शनिबार, असार १८ २०७९
ताजा अपडेट

स्थापितलाई एमालेकै मतदाताले पत्याएनन्, पाँचै वडामा वडाध्यक्षले जिते तर केशवले पाए आधा मात्र मत !


  • KTM Khabar
  • बिहिबार, जेष्ठ ५ २०७९
2.9K
SHARES

फाइल तस्विर

काठमाण्डौं महानगरका एमालेका तर्फबाट मेयरका उम्मेद्वार केशव स्थापितलाई उनकै पार्टी नेकपा एमालेका मतदाताले नपत्याएको पुष्टि हुदै गएको छ। काठमाडौं महानगरपालिकाका मतगणना सकिएका पाँच वटै वडामा नेकपा एमालेका वडाध्यक्ष उम्मेदवारहरूले जितेका छन्। वडा नम्बर १, २, ३, ४ र ५ को मतगणना सकाएको हो। यी सबै वडामा नेकपा एमालेका उम्मेदवारहरूले जितेका हुन्।

वडा नम्बर १ मा ६२२ मत पाएर भरतलाल श्रेष्ठ, वडा नम्बर २ मा १३७७ मत पाएर राजेन्द्रकुमार श्रेष्ठ, वडा नम्बर ३ मा २१३८ मत पाएर प्रेम थापा, वडा नम्बर ४ मा ४६०४ मत पाएर दिनेश महर्जन र वडा नम्बर ५ मा १८१८ मत पाएर विरेन्द्र प्रजापति निर्वाचित भएका हुन्।

निर्वाचित भएका वडाध्यक्षहरूले कूल १० हजार ५५९ मत पाएका छन्। एमाले वडाध्यक्षहरूले १० हजार बढी मत पाउँदा त्यही पार्टीका मेयर उम्मेदवार केशव स्थापितले आधामात्रै मत पाएका छन्।

ती पाँच वडा वडामा उनले ५२८६ मत मात्र पाउन सके। स्थापितले वडा १ मा ३६५, वडा २ मा ७२८, वडा ३ मा १२०३, वडा ४ मा १९२४ र वडा ५ मा १०६६ मत पाएका छन्।

मतगणना सकिएका पाँच वटै वडामा स्वतन्त्र उम्मेदवार बालेन शाहले राम्रो मत ल्याएका छन्। बालेनले वडा १ मा ७८३, वडा २ मा १२१५, वडा ३ मा २४०६, वडा ४ मा ३९५६ र वडा ५ मा १५०१ मत पाएका छन्।

यी वडाबाट बालेनले कूल ९८६१ मत पाए। यता स्थापितले भने जम्मा ५२८६ मत ल्याए।्

काठमाडौं महानगरको जारी मतगणनामा मेयर पदमा बालेन शाह पहिलो नंम्बरमा छन् भने दोश्रो स्थानमा स्थापित छन्।

अहिले राष्ट्रिय सभा गृहमा वडा नम्बर ६, ७, २८, २९, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ।

१२ वटै वडाहरूका ५९ हजार ८ सय ९७ मत गणना गर्दा बालेन शाहले २३ हजार ५८४ मत पाएका छन्। यता केशव स्थापितले भने १२ हजार ३८० मत पाएका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा