शनिबार, असार १८ २०७९
ताजा अपडेट

गठबन्धन कांग्रेस र माओवादीको मात्रै भएको नतिजाले देखायो, यो बिषयमा समिक्षा हुन्छ : झलनाथ


  • KTM Khabar
  • बिहिबार, जेष्ठ ५ २०७९
2.2K
SHARES

फाइल तस्विर

नेकपा एकीकृत समाजावादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन भने पनि कांग्रेस माओवादीको मात्रै गठबन्धन जस्तो देखिएको बताएका छन् ।

एक अनलाईन पत्रीका संग कुरा गर्दै नेता खनालले कांग्रेस माओवादीलेनै धेरै गठबन्धन गरेको बताएका छन् ।

‘हामीले जुन रूपमा गठबन्धन हुन्छ भनेका थियौं, त्यसरी भएन। धेरै ठाउँमा कांग्रेस र माओवादीको मात्रै गठबन्धन रह्यो। महानगर र उपमहानगरकै कुरा गर्दा पनि गठबन्धनको मर्म अनुसारको मत आएको छैन,’ उनले भने,’काठमाडौंमा हाम्रा उपमेयर उम्मेदवारको मत आउन सकेन। अहिले नै सबै विश्लेषण गर्ने बेला त भएको छैन तर गठबन्धनको नतिजाबारे गम्भीर समीक्षा गर्न जरूरी छ।’

उनले काठमाडौंसहित विभिन्न पालिकामा स्वतन्त्र उम्मेदवारको अग्रताले नेपालका नेताहरूको ल्याकत देखाएको बताए। ‘अहिले जुन खालको नतिजा आइरहेको छ। त्यसले दलका नेतृत्वले सबै खालको समीक्षा गर्नुपर्छ,’ उनले भने,’अबको बाटो के हुने भनेर हामीले गम्भीर छलफल गर्नै पर्ने भएको छ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा