शनिबार, असार १८ २०७९
ताजा अपडेट

धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको लौरो चम्कियो, २१० मतको अग्रता !


  • KTM Khabar
  • बिहिबार, जेष्ठ ५ २०७९
2.4K
SHARES

गत बैशाख ३० गते भएको स्थानिय निकाय चुनावको मतपरिणाम आउने क्रम जारी छ । अहिलेको स्थानिय चुनावमा काठमाण्डौं महानगर र धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवारले ठुला पार्टीका प्रतिनिधिहरुलाई पछि पारेको परिणाम आइरहेको छ।

काठमाण्डौंमा पनि स्वतन्त्र मेयरका उम्मेद्वार अगाडि देखिएका छन् भने धरान उपमहानगरमा समेत स्वतन्त्र उम्मेद्वार हर्क अगाडी देखिएका छन् । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पारेका छन् ।

बुधबार स्थगित भएर बिहानदेखि सुरु भएको मतगणनामा साम्पाङले कांग्रेसका उम्मेदवार किशोर राईलाई २१० मतले पछि पारेका हुन् ।

लौरो चुनाव चिन्ह पाएका साम्पाङले अहिलेसम्म ८ हजार ६८९ मत पाएका छन् । सुरुवाती अग्रता लिएका कांग्रेसका राईले ८ हजार ४७९ मत ल्याएका छन् । नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ६ हजार ९४६ मत ल्याएर तेस्रो स्थानमा छन् ।

धरानमा हालसम्म ८, ९, १०, ११, १२, १९ र २० नम्बर वडाको मतगणना भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा