५ जेठ, काठमाडौँ ।
काठमाडौँ क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने बूढानीलकण्ठ नगरपालिकामा कांग्रेसका ३८ जनाले अचम्मैको रेकर्ड बनाएका छ । वडा नम्बर ११ का कांग्रेसका क्रियाशील सदस्यहरूबाट अचम्मको रेकर्ड बनेको हो ।
बूढानीलकण्ठ नगरपालिकामा वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मत गणना सकिएको छ । जस अन्तर्गत वडा नम्बर ११ को पनि नतिजा सार्वजनिक भइसकेको छ । वडा नम्बर ११ मा एमालेका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् । भने बडा सदस्यमा चार जना नै कांग्रेस उम्मेदवार विजयी भएका छन् ।
एमाले उम्मेदवार राजु अधिकारी २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि विजयी भएका थिए । यस पटक पनि उनी विजयी भए ।
अधिकारीले आफ्नो निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार राधेश्याम कार्कीलाई ३८ मतको अन्तरमा जितेको हुन् । १२९३ मत प्राप्त गर्दै अधिकारी विजयी भएका हुन् भने कांग्रेस उम्मेदवार कार्कीले १२५५ मत प्राप्त गर्दै उपविजेता बने ।
कांग्रेसका मेयर उम्मेदवार विनोद चालिसे बसोबास क्षेत्र हो वडा नम्बर ११ । जसमा कांग्रेस मेयर उम्मेदवारले १२९९ मत प्राप्त गरे । एमालेका मेयर उम्मेदवार मिठाराम अधिकारीले १५४८ मत प्राप्त गरेका थिए ।
यस अघि वडा नम्बर ११, पैयुटार स्थित कांग्रेसका नेता आत्माराम बुढाथोकी सहित ३८ जना क्रियाशील सदस्यहरूले सामूहिक राजीनामा दिएका थिए । टिकट वितरणमा असन्तुष्ट जनाउँदै ३८ जनाले पार्टीको सदस्य समेत नरहने गरी राजीनामा दिएका थिए ।
विगत ३० वर्षदेखि पैयुटारबासी कांग्रेसलाई सिङ्गो पार्टी पङ्क्तिले सौताको व्यवहार गरेको उनीहरूले लगाएका थिए । पछि कांग्रेसका महामन्त्री तथा क्षेत्र नम्बर ४ बाट विजयी हुँदै आएका सङ्घीय सांसद गगन कुमार थापासंग कुरा मिलेपछि एक कार्यक्रमबाट पार्टीमा पुनः फर्किएको घोषणा गरे । तर त्यसको असर कांग्रेसका उम्मेदवारलाई देखिएको छ ।
यत्ति बेला वडा नम्बर ११ का वडाध्यक्ष उम्मेदवार ३८ मतले पराजित बनेको विषय पेचिलो बनिरहेको छ । ३८ जनाको सामूहिक राजीनामा र ३८ मतले हारेको विषय पेचिलो बनेको हो ।
पार्टीमा फर्किए पनि विपक्षी पार्टीलाई सहयोग गरेको उनीहरूमाथि आरोप छ । उनैका कारण ३८ मत अन्तरले पार्टीका वडाध्यक्ष उम्मेदवारले हार व्यहोर्नु परेको भन्दै चर्को आलोचना हुन थालेको छ । यस विषयमा ३८ जनाबाट भने कुनै धारणा आइसकेको छैन ।
जस्तो सुकै संयोग भए पनि हारको मुख्य जिम्मेवारी तिनै सामूहिक राजीनामा दिनेहरुले लिनुपर्छ । याे विषयमा पार्टीका जिम्मेवार नेताहरूले गम्भीर भएर समीक्षा गर्न आवश्यकता छ, एक नेताले केटिएम खबरलाई बताए ।
यस विषयमा बोल्दै नगर सभापति राजाराम बुढाथोकीले भने संयोग मात्र भएको बताएका छन् । उनले केटिएम खबरसंगको कुराकानीमा भने, ‘हाम्रा उम्मेदवार हार्नु आफैमा नमज्जाको विषयको हो । वडा नम्बर ११ को सवालमा केही प्राविधिक कमी कमजोरी भएको पक्कै हो । पार्टीलाई भन्दा पनि भूगोलमा उठेका उम्मेदवारका लागि सपोर्ट गरेको देखिएको छ । यस विषयमा हामी छलफल गर्छौ । देखिएका कमीकमजोरीलाई सच्याएर अघि बढ्नुको विकल्प छैन ।’
यस्तो थियो ३८ जनाको सामूहिक राजीनामा:

