४ जेठ, काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन्द्र (बालेन) साहले लगाएको चश्चामो चर्चा चुलिएको छ । टेलिभिजन अन्तरवार्ता होस्, या घरदैलो गर्दा उनले एउटै चस्मा लगाएका हुन्थे ।
अन्तरवार्ताको दौरानमा चस्माको विषयमा उठेको प्रश्नमा धेरै पटक जवाफ दिइसकेका छन् । उनको जवाफ हुन्थ्यो, ‘डाक्टरको सल्लाह अनुसार लाइट र घामबाट आँखा जोगाउनका लागि चस्मा लगाएको हो । अरू खास कारण केही छैन ।’
अहिले उनले लगाएको चस्मा बजार खोजी हुन थालेको छ । विशेष गरी युवा जमातले बालेनले लगाएको चस्मा आफूले पनि लगाउन खोजी गर्न थालेका छन् ।
उनले लगाएको चस्मालाई ‘मेटल ग्लास’ भनिन्छ । तर, यसलाई ‘बालेन चस्मा’ भनेर खोज्ने गरेका छन् ।
विशेष गरी काठमाडौँका न्यूरोड, असन र महाबौद्धमा बालेनले लगाएको जस्तै चस्मा खोज्ने ग्राहकहरू धेरै पुग्ने गरेका छन् । बालेनको जस्तै चस्मा खोज्ने ग्राहक एकाएक बढ्दा बजारमा मेटल ग्लासको अभाव हुन थालेको छ ।
बालेनले लगाएको जस्तो मेटल ग्लासको मूल्य नेपाली बजारमा धेरै महँगो भने छैन । यसको मूल्य ७ सयदेखि ३५ सय रुपैयाँसम्म पर्न सक्ने चस्मा व्यापारी बताउँछन् ।
याे चस्मा रातो, सेतो, कालो, गोल्डेन कलरमा पाइने व्यपारीहरु बताउछन् ।