गत बैशाख ३० गते भएको स्थानीय निकायको चुनावको मत परिणाम आउने क्रम जारी छ । काठमाडौँ महानगरपालिकामा सबैको ध्यान केन्द्रित रहेको देखिन्छ । काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन धेरै मतान्तर सहित ठुला दलहरूलाई पछिपारि रहेको अवस्था छ । पछिल्लो मत परिणाम अनुसार पनि बालेन अगाडि देखिन्छन् ।
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले पछिल्लो मतपरिणामअनुसार ११ हजार ७ सय ७७ मत ल्याएका छन्।
दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ६३२३ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ५५४८ मत पाएकी छन्।
अहिले वडा नम्बर ३, ४, ५, ६, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ। यी सबै वडामा बालेनले सबैभन्दा धेरै मत पाइरहेका छन्।
दुई ठुला दल काँग्रेस एमालेलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार बालेन अगाडि आउनुलाई चासोका साथ हेरिएको छ। देशैभरको ध्यान काठमाडौँ केन्द्रित भएको देखिन्छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।