शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

कांग्रेस र माओवादीले सेटिङ गरेर केही लाभ लिए : बाबुराम भट्टराई


  • मंगलबार, जेष्ठ ३ २०७९
11.6K
SHARES

फाइल तस्विर

गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनको परिणाम देशैभर आउने क्रम जारी रहेको छ ।

सत्ता गठबन्धन र एमाले बिच कडा प्रतिस्पर्धा भइरहेको अवस्थामा बाबुराम भट्टराईले काँग्रेस र माओवादीले सेटिङ गरेर फाइदा लिएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् ।

संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनभित्र कांग्रेस र माओवादी केन्द्रले सेटिङ गरेर केही लाभ लिएको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘कांग्रेस र माओवादीले सेटिङ गर्नुभयो, केही लाभ भयो । तर, उहाँहरूमा पनि आपसमा तल मिलेको देखिएन ।’

निर्वाचन निष्पक्ष नभएको तर्फ संकेत गरेका उनले गठबन्धनले निरन्तरता पाउने पर्ने पनि बताए । साथै निर्वाचन आचारसंहिता उल्लंघन गर्नेमाथि कारबाही हुनुपर्ने डा. भट्टराईले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा