३ जेठ, काठमाडौँ ।
काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ९ मा सुमित्रा त्रिपाठी (पाण्डे) निर्वाचित भएकी छिन् । नगरकै एक मात्र महिला वडाध्यक्ष उम्मेदवार बनेकी त्रिपाठीले निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार गणेश कोइरालालाई पछि पार्दै वडाध्यक्षमा निर्वाचित बनेकी हुन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट त्रिपाठी वडा सदस्यमा निर्वाचित भएकी थिइन् । तत्कालीन वडाध्यक्षलाई अमेरिकाको डिभी परेर पलायन भएपछि त्रिपाठीले ३ वर्ष कार्यवाहक वडाध्यक्ष बन्ने अवसर पाएकी थिइन् ।
बाँकी सबै सदस्यहरूमा भने नेपाली काङ्ग्रेसका उम्मेदवार विजयी भएका छन् । सुमित्रा त्रिपाठी(पाण्डे) ले निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका कोइरालालाई ७५ मत अन्तरले हराएकी हुन् । उनले ९४८ मत प्राप्त गरिन् । भने गणेश कोइरालाले ८७३ मत प्राप्त गरे ।
त्यस्तै, महिला सदस्यमा शान्ति पाण्डेले ९१९ मत, दलित महिला सदस्य सुमि परियारले ९०० मत, खुला सदस्य रमेश गौतमले ८७० मत र श्याम कार्कीले ९०८ मत प्राप्त गरी विजयी भएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।