खोटाङ ।
वालेन्द्र साह (बालेन) को जित/हारमा खसी बाजी राख्ने खोटाङका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ लफ्याङका विजय फुयाल र रमेश खड्का सोमबार पक्राउ परेका हुन् ।
यस्तो बाजी गैरकानुनी भएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
साहले चुनाव जिते फुयाललाई खड्काले २८ किलोको खसी दिनुपर्ने र चुनावमा साह पराजित भए फुयालले २८ किलोकै खसी खड्कालाई तिर्नुपर्ने भन्नेबारेमा दुवै पक्षले गरेको तमसुक बाहिरिएको थियो । यदि खसी दिन नसकेमा त्यति किलोको खसीको मूल्य दिनुपर्ने उनीहरूद्वारा गरिएको तमसुकमा उल्लेख गरिएको छ ।
दिक्तेलस्थित राजन दुलालको घरमा बसेर स्थानीय दिनेश आचार्य, सुमन बास्तोला र सरोज खतिवडाको रोहबरमा उनीहरूले बाजी राखेका थिए ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।