३ जेठ, कालिकोट ।
कालिकोटको तिलागुफा नगरपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धन सफल भएको छ । त्यहाँ नेपाली काँग्रेसका शंकर उपाध्याय मेयरमा विजयी भएका छन् ।
उनले २ हजार ९१६ मत ल्याएर प्रमुखमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दिनेश चदाँराले २ हजार ५४० मत ल्याएर पराजित हुन पुगे । यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का नवराज कोइरालाले ७८० मत पाए ।
यस्तै उपप्रमुखमा नेकपा एमालेका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । उनले २ हजार ७५९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादीकी गीता कुमारी ओलीले २ हजार ४१५ मत ल्याएकी छन् ।
यहाँ ०७४ मा प्रमुखमा माओवादीका रतन बहादुर शाही र उपप्रमुखमा दन्ता नेपालीले जितेका थिए । अहिले प्रमुख जितेका शंकर उपाध्याय अघिल्लो स्थानीय तहको निर्वाचनमा १५६ मतले पराजित भएका थिए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।