शनिबार, असार १८ २०७९
ताजा अपडेट

जुगल नव गुरुकुलले गर्‍यो बुद्ध जयन्ती विशेष कार्यक्रम, विद्यार्थीदेखि खेलाडीसम्मले जनाए सहभागिता (भिडिओसहित)


  • KTM Khabar
  • सोमबार, जेष्ठ २ २०७९
1.9K
SHARES

२ जेठ, काठमाडौँ ।

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १०, कपनमा रहेको जुगल नवगुरुकुल स्कुलले बुद्ध जयन्तीको अवसरमा विद्यार्थी, शिक्षकलाई सहभागी गराएर विशेष कार्यक्रमको आयोजना गरेको छ । अध्ययनरत विद्यार्थी, शिक्षक, कराँते खेलाडीहरूको सहभागितामा कार्यक्रमको पहिलो खण्डमा कपन क्षेत्रको शान्तिपूर्ण प्रभातफेरी र दोस्रो खण्डमा ध्यान र बुद्ध उपदेशको चर्चा गरिएको थियो ।

आज २५६६औँ बुद्ध जयन्ती देशभर विशेष विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।भगवान् गौतम बुद्धको जन्म स्थान लुम्बिनीमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा विशेष कार्यक्रम भयो । यस्तै कपनमा रहेको जुगल नवगुरुकुलले पनि विशेष कार्यक्रमको आयोजना गर्‍यो । बुद्ध जयन्तीलाई विशेष महत्त्व दिँदै जुगलले हरेक वर्ष बुद्ध जयन्ती विशेष कार्यक्रमको आयोजना गर्दै आएको छ । सोही निरन्तरता स्वरूप यस वर्ष पनि विशेष कार्यक्रमको आयोजना गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

बिहान ७ः१५ बजेदेखि ८ः४५ बजेसम्म शान्तिपूर्ण प्रभातफेरी गरिएको थियो । स्कूल प्राङ्गणदेखि सुरु भएर कपन चौकी, मिलनचोक, रुद्रमती चोक, शिव मन्दिर हुँदै पुनः स्कूल फर्किएको थियो । बुद्धको विभिन्न भनाई अङ्कित प्ले कार्ड सहित विद्यार्थी, स्थानीय व्यक्तिहरू, शिक्षक, कराँते खेलाडी लगायतले उपस्थिति जनाएका थिए ।

आज सार्वजनिक बिदा भएका कारण पनि अन्य विद्यालयहरूमा यस किसिमको कार्यक्रम खासै हुन सकेन । यद्यपि जुगलले भने हरेक वर्ष बुद्ध जयन्ती विशेष कार्यक्रम गर्दै आएको छ । यस वर्ष पनि सार्वजनिक विदाँको प्रवाह नगरी कार्यक्रम आयोजना गरेको हो ।

आध्यात्मिक साधकसमेत रहेका प्राचार्य विनयीले दोस्रो खण्ड अन्तर्गतको कार्यक्रममा सहभागी विद्यार्थी, शिक्षक, शिक्षिकाहरूलाई ध्यान साधनामा सहभागी गराएका थिए । सो पश्चात् बुद्धको उपदेशका विषयमा चर्चा गर्दै कार्यक्रम समापन गरे ।

संस्कार, सिप तथा उत्सवमय सिकाई भन्ने मूल नारालाई आत्मासाथ गर्दै भौतिक र आध्यात्मिक क्षेत्र दुवैको ज्ञान बाँडिरहेको छ । ध्यानबाट विद्यार्थीको कक्षा आरम्भ गर्दै आएका छौँ । आज भगवान् गौतम बुद्ध जयन्तीको अवसरमा विद्यालयले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पाउँदा मन असाध्यै आनन्दित बनेको महसुस भएको, एक शिक्षकले केटिएम खबरलाई बताए ।

‘बुद्ध पूर्णिमा एक असाध्यै महत्त्वपूर्ण दिन हो । भगवान् गौतम बुद्धले वैशाख पूर्णिमाका दिन (आज) महापरी निर्माण गर्नु भएको दिन हो । आजभन्दा २५ सय वर्ष अगाडी दिनु भएको उपदेश आज पनि उत्तिकै सान्दर्भिक छ । भोलि पनि त्यत्तिकै महत्त्वपूर्ण र सान्दर्भिक रहनेछ । यो कुरा हाम्रा साना नानीबाबुहरू, विद्यार्थीहरू, अभिभावकहरू सबैलाई सिकाउन सकेको खण्डमा हाम्रो समाज साँच्चै नै शान्त, सभ्य र समृद्ध पनि बन्छ । यस कारण स्कूलहरुमा यस्ता कार्यक्रमको आयोजना हुनु जरुरी छ’, प्रिन्सिपल विनयी भन्छन् ।

सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले स्कूलका प्राचार्य विवेक विनयीसंग संवाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडिओ अंश:


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा