२ जेठ, काठमाडौँ ।
काठमाडौँको उत्तरी पूर्वी भेगमा रहेको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ लाई कांग्रेसको गढको रूपमा चिन्ने गरिन्थ्यो । अघिल्ला स्थानीय तहको निर्वाचनमा कांग्रेस उम्मेदवार टिम विजयी भएको थियो ।
यस पटको स्थानीय तहको निर्वाचनमा भने कांग्रेसले नसोचेको नतिजा आएको छ । वडा नम्बर ६ मा नेकपा (एमाले) का उम्मेदवार रवि खड्का वडाध्यक्षमा विजयी भएका छन् ।
विजयी रवि खड्काले ७२६ मत प्राप्त गरे । भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा नेपाली कांग्रेसका उम्मेदवार प्रह्लाद खड्काले भने ६९६ मत प्राप्त गरे । नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार इन्द्र डंगोलले ३७८ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार गोपी कृष्ण महर्जनले १८६ र अमृत केसीले ४३ मत प्राप्त गरे ।
सदस्यहरूमा कांग्रेसका सुनिल महर्जन र राजु भण्डारी ८३७ र ७८९ मतले विजयी भएका छन्। महिला सदस्य तर्फ नेकपा (एमाले) बाट मुना देसार ८५१ मतले विजयी भएकी छन् भने नेपाली कांग्रेसका तर्फबाट मेनुका भुसाल ८१२ मतले निर्वाचित भएकी छिन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।