शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

बैतडीमा उदायो सूर्य, निकाल्यो शानदार जित !


  • सोमबार, जेष्ठ २ २०७९
8.6K
SHARES

फाइल तस्विर

१ जेठ, बैतडी ।

बैतडीको पञ्चेश्वर गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार गोरखबहादुर चन्द विजयी भएका छन् । उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार बिना भट्ट विजयी भएकी छिन् ।

अध्यक्षमा एमालेका चन्दले ३७८२ मत ल्याएर विजयी भएका छन् । भने उनका प्रत्यासी कांग्रेसका उम्मेदवार रमेश भण्डारीले २४८८ मत ल्याएका छन् ।

उपाध्यक्षमा उम्मेदवार भट्टले ३०६४ मत ल्याएका छन् । भने उनका प्रत्यासी नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार राजेन्द्र चन्दले २५०० मत प्राप्त गरेको पञ्चेश्वर गाउँपालिकाका निर्वाचन अधिकृत धर्मानन्द जोशीले जानकारी दिए ।

पञ्चेश्वरमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजबादीबीच गठबन्धन भएको थियो । निर्वाचीत गोरखबहादुर चन्द र बिना भट्ट २०७४ को स्थानीय तहको निर्वाचनमा पनि विजयी भएका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा