१ जेठ, काठमाडौँ ।
काठमाडौँको उत्तरी पूर्व भेगमा रहेको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ५ को नतिजा सार्वजनिक भएको छ । आइतबार बेलुका ९ बजे अन्तिम नतिजा सार्वजनिक भएको हो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमाले उम्मेदवार प्यानल सहित विजयी भएका थिए । यस पटक भने नेपाली कांग्रेसका उम्मेदवारले शानदार जित निकालेका छन् ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ५ को वडाध्यक्ष पदमा कांग्रेस उम्मेदवार कृष्ण शाह ठकुरीले ५१४ मत प्राप्त गरी विजयी भएका हुन् । प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नारायण दुलालले भने ४८१ मत प्राप्त गरे ।
वडा सदस्यहरूमा एमालेबाट ३ जना र कांग्रेसबाट १ जना विजयी भएका छन् ।
यस नतिजासङै बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १, २, ३, ४ र ५ को नतिजा आइसकेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।