शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

क्याप्टेन विजय लामाको बुवाको निधन


  • आइतबार, जेष्ठ १ २०७९
12.6K
SHARES

काठमाडौं, १ जेठ ।

नेपाल वायुसेवा निगमका बरिष्ठ क्याप्टेन विजय लामाको बुवाको निधन भएको छ । लामाले आफ्नाे फेसबुकमार्फत बुवाको निधन बारे जानकारी गराएका हुन् । आज अपरान्ह सवा १ बजे निधन भएको हाे । सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै लामाले बुवाको यादले धेरै नै सताउने पनि उल्लेख गरेका छन् । यस्ताे छ उनकाे स्टाटस:

My buddy…my mentor, my friend and an inspiration for Honest Living…my awesome BAU left us @13:15 (1:15pm) for heavenly abode!!
अत्यन्तै दु:खका साथ मेरो प्यारो बाउले सधैको लागि हामी सबैलाई छोडेर जानू भएको अवगत गराउन चाहन्छु यो स्टेटस मार्फत।

करिब दुइ हप्ता देखि स्वास्थ्यमा कठिनाई आएकोले उहा “मनमोहन अस्पतालमा ccu मा हुनुहुन्थ्यो र आज दिउसो १:१५ बजे मेरो हातमा उहाले अन्तिम सास लिनु भयो l मेरो आमा पनि यसै गरि मेरो हातमा अन्तिम सास लिनुभएको थियो 1997 सेप्टेम्बरमा!!

मेरो जन्म दिने आमा बाबुको अन्तिम घडीमा म उहाहरु संगै भएकोमा आफुलाई भाग्यसाली ठान्दछु l तर के गर्नु आखिर मन त होनि! भक्कानिएर रुनु मात्र खोज्छ जति रोक्न कोसिस गरे पनि!

उहाँ भेट्नुहुने सबैका लागि मित्र हुनुहुन्थ्यो र उहाँलाई चिन्ने सबैको लागि शक्तिको स्रोत हुनुहुन्थ्यो।

हामी भोलि बुद्ध जयन्तिको दिन (11 a.m till 2 p.m) मा बालुवाटार आफ्नै निवासमा उहाको अन्तिम बिधाई गर्न गईरहेका छौ !

बुद्ध धर्मको नियम अनुसार हामी उहाको पार्थिब सरीरलाई भोलि २ बजे स्वोयम्बुनाथ घाटमा दाहसंस्कार गर्नका लागि लग्नेछौ l

कृपया अन्तिम श्रद्धान्जली दिन चाहने हरु बालुवाटार निवासमा आउन सक्नु हुनेछ l

“बाउ तिमि बिना मलाई बस्ने बानि छैन , तिम्रो यादले निक्कै सताउने छ , तर मलाई विश्वास छ तिमि जहाँ छौ खुसि छौ, तिम्रो खुसि नै मेरो खुसि हुनेछ l”

अब म तिमिलाइ कल्पनामा मात्र जिस्काउछु है? सायद झस्किन्छु होला तिमिलाइ नपाउदा! ए बाउ किन???

आखिर हार भयो नि मेरो???


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा