१ जेठ, काठमाडाैँ ।
काठमाडौँमा बालेन्द्र शाह (बालेन) को चर्चा सेलाउन नपाउँदै अर्का स्वतन्त्र उम्मेदवार शानदारले सानदार जित हासिल गरेका छन् । यो समाचार हो काठमाडौँको उत्तरी पूर्वी भेगमा रहेको बूढानीलकण्ठ नगरपालिकाको ।
बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा स्वतन्त्र तर्फका उम्मेदवार आकाश धिताल निर्वाचित भएका छन् । स्वतन्त्र तर्फबाट धारा चिन्ह लिएर मतदाता समक्ष पुगेका उन ३८ मत बढी ल्याएर वडाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
वडा अध्यक्षमा नेकपा एमालेका राजेन्द्र खड्काको ४७४ मत लाई पछ्याउँदै स्वतन्त्र उम्मेदवार धारा चिन्हका आकाश धितालले कुल ५१२ मतले निर्वाचित हुन सफल भएका छन् । त्यसै गरी नेपाली काँग्रेसले भने ३२१ मत र नेकपा एसले २७४ मतले तेस्रो र चौथो स्थान पाएको छ ।
अघिल्लो स्थानीय चुनावमा नेपाली काँग्रेसको तर्फबाट वडा सदस्यको उम्मेदवार भएर चुनावी मैदानमा उत्रिएका आकाश धितालले विजय पाउँदा सबैभन्दा धेरै मत ल्याएका थिए । पाँच वर्ष बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ का विकासका गतिविधिमा काम गर्दा आकाशले आफूलाई अझै राम्रो र सर्वपक्षीय बनाए ।
नेपाली काँग्रेसले उनलाई उम्मेदवार नबनाएपछि स्थानीय युवाहरू आकाशको पक्षमा बोल्न थाले । आकाशलाई चुनावी मैदानमा धकेलिन अभिप्रेरित गरे । युवाहरूको जोस तथा वडावासीको सद्भावमा आकाश स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनावी मैदानमा छिरे । आकाशको पक्षमा काँग्रेसदेखि एमालेसम्मका युवाहरू जिताउन सक्रिय भएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।