बुधबार, जेष्ठ ११ २०७९
ताजा अपडेट

चितवनमा एमालेको अग्रता, गठबन्धन पर्यो पछि !


  • KTM Khabar
  • शनिबार, बैशाख ३१ २०७९
3.3K
SHARES

फाइल तस्विर

चितवनमा नेकपा एमालेले अग्रता लिएको छ । राप्ती नगरपालिकामा र इच्छाकामना गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार अगाडि छन्।

राप्ती नगरपालिमा ३०० मत गणना हुँदा एमालेका गोविन्दप्रसाद कँडेल १५२, गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका शमशेर लामाले १०३ मत पाएका छन्। इच्छाकामनामा २०० मत गणना हुँदा एमालेका दानबहादुर गुरुङले ९४ र काँग्रेसकी गीता गुरुङले ८० मत पाएकी छन्।

माडीमा ३५० गणना हुँदा माओवादी केन्द्रका ऋषि काफ्लेले १४३ र एमालेकी ताराकाजी कुमारी महतोले १२७ मत पाएकी छन्। खैरहनी नगरपालिकामा काँग्रेसका मेयर उम्मेदवार अगाडि छन्। १८७ मत गणना हुँदा काँग्रेस उम्मेदवार शशि खनियाले ९३ मत पाएका छन् भने एमालेका लालमणि चौधरी ५९ मत पाएका छन्।

यी सबै पालिकामा मतगणना जारी छ।कालिका र रत्न नगर नगरपालिकामा पनि मतगणना सुरु भएको छ। भरतपुर महानगरको केही बेरपछि मात्र मत गणना सुरु हुनेछ। चितवनमा भरतपुर महानगरबाहेकका पालिकामा अहिले मतगणना जारी छ। भरतपुर महानगरपालिकामा मतगणना सुरु हुने तयारी रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा