नेकपा (एमाले) ले काठमाडौँबाट स्थानिय तहको निर्वाचन जितको खाता खोलेको छ । यो समाचार हो काठमाडौँको उत्तरी पूर्वी भेगमा पर्ने बूढानीलकण्ठ नगरपालिकाको ।
काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । केही समय अगाडी सम्पन्न मतगणनामा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार सुरेन्द्र लामा सहितको प्यानल नै विजयी भएको हो ।
लामाले ८५४ मत ल्याएर विजयी हुँदा उनको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवारले ४७४ मत पाएका छन । मेयरमा बुढानिलकण्ठ १ मा सूर्यले ७७८ मत प्राप्त गर्दा रूखले ४२८ मतमात्र प्राप्त गरेको छ ।
यस्तो छ मतपरिणाम
सुर्य
मेयर: ७७८
उपमेयर: ८१२
वडाध्यक्ष: ८४५
महिला सदस्य: ८३०
दलित सदस्य: ८३२
खुल्ला सदस्य: ८०२
खुल्ला सदस्य: ७७६
रुख
मेयर: ४२८
उपमेयर: ४५३
वडाध्यक्ष: ४७४
महिला सदस्य: ४८५
दलित सदस्य: ४६१
खुल्ला सदस्य: ४५८
खुल्ला सदस्य: ४७९
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।