बुधबार, जेष्ठ ११ २०७९
ताजा अपडेट

गठबन्धनले काँग्रेस कमजोर भएको छैन : प्रधानमन्त्री देउवा


  • KTM Khabar
  • शुक्रबार, बैशाख ३० २०७९
665
SHARES

फाइल तस्विर

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनले लोकतन्त्र बलियो बनाएको बताएका छन् ।  शुक्रबार बिहान डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गरेका देउवाले संक्षिप्त प्रतिक्रिया दिएका हुन् ।

उनले सिंहदरबारका अधिकार गाउँगाउँमा पुगेको बताए । ‘निर्वाचन हुँदैन भन्ने शक्तिहरू पनि सामेल भएका छन्।

स्थानीय तहको समृद्धि र विकासका लागि निर्वाचन महत्त्वपूर्ण थियो । अहिले निर्वाचन भएको छ,’ उनले भने । देउवाले गठबन्धनले काँग्रेस कमजोर नभएको बताए । काँग्रेस नेतृत्वको सत्ता गठबन्धनले चुनावमा पनि तालमेल गरेको छ ।

देशभर एकैसाथ स्थानीय तह निर्वाचनको मतदान  सुरु भएको छ । आज स्थानीय निर्वाचन पहिलोपटक एकै चरणमा सम्पन्न हुन लागेको हो  । सरकारले गत माघ २४ गते आज निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको थियो । संविधान जारी भएपछि पहिलो पटक विसं २०७४ वैशाख ३१ गते पहिलो चरण र जेठ ३१ मा दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा