आज हुँदै गरेको स्थानीय निकायको चुनावमा भरतपुर महानगरलाई चासोका साथ हेरिएको छ । सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहाल सत्ता गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार छिन । चितवनमा काँग्रेसको तर्फबाट बागी उम्मेदवार भूइँकटहर चुनाव चिन्ह लिएर स्वतन्त्र रूपमा उठेका कारण चुनावलाई चासोका साथ हेरिएको हो ।
यसैबिच भरतपुर महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले आफू विरुद्ध राजनीतिक दलहरुले बिहीबार रातभरि षड्यन्त्र भएको आरोप लगाएका छन् ।
शुक्रबार विहान मतदान गरेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘मेरो विरुद्ध भरतपुरमा रातभरि षड्यन्त्र भयो, पैसा बाँड्नेदेखि मतदाताहरुलाई प्रभावित गर्ने कामसम्म भयो । राजनीतिक दलहरुले सत्ता र शक्तीको दुरुपयोग गरिरहँदा निर्वाचन आयोग मौन बस्नु एकदम धेरै पक्षपातपूर्ण देखिएको छ ।’
राजनीतिक दलहरुले आयोगसँगको वैठकमा सबै नियम पालना गर्छु भनेर हस्ताक्षर गरे पनि व्यवहारमा नैतिकता शून्य देखिएको पौडेलले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।