नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चुनावमा पैसाको बिगबिगी भएको बताएका छन् । रौतहटको गौरको रामजनकी कन्या विद्यालयबाट मतदान गरेपछि उनले चुनावको बेला पैसाको बिगबिगी र भोजभतेरको लर्को रहेको बताएका हुन ।
‘पैसाको बिगबिगी र भोजभतेरलाई रोक्न निर्वाचन आयोग सफल भएको पाइएन,’ उनले भने,’यो पाराले चल्ने वाला छैन ।’ प्रहरी प्रशासनले साँचो अर्थमा न्युट्रल र प्रभावकारी बन्ने हो भन्ने भूमिका महत्वपूर्ण रहेको नेपालले बताए । ‘यसमा निर्वाचन आयोगको भूमिका महत्वपूर्ण छ ,’ उनले भने ।
नेता नेपालले निर्वाचन प्रभावित पार्न पैसाको खेलो र भोजभतेर भएको भन्दै त्यसलाई रोक्न निर्वाचन आयोग सफल नभएको प्रतिक्रिया दिए । अध्यक्ष नेपालले रौतहटको गौरको रामजनकी कन्या विद्यालयबाट मतदान गरेका हुन् ।
देशभर एकैसाथ स्थानीय तह निर्वाचनको मतदान सुरु भएको छ । आज स्थानीय निर्वाचन पहिलोपटक एकै चरणमा सम्पन्न हुन लागेको हो । सरकारले गत माघ २४ गते आज निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको थियो । संविधान जारी भएपछि पहिलो पटक विसं २०७४ वैशाख ३१ गते पहिलो चरण र जेठ ३१ मा दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न भएको थियो ।
देशभरका कूल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान कार्य सुरु भएको हो । मतदान कार्य आज अपराह्न ५ बजेसम्म जारी रहनेछ । आफ्नो जनप्रतिनिधि छनोटका लागि मतदाता मतदान केन्द्रमा पुगी लामवद्ध भइरहेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।