गठबन्धनका तर्फबाट काठमाडौँ महानगरको मेयरका प्रत्याशी सिर्जना सिंहले आफू निर्वाचित भए घोषणापत्र अनुसार काम गर्ने बताएकी छन् ।
बिहीबार स्थानीय तह सदस्य निर्वाचनमा मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै सिंहले आफू विजयी बने काठमाडौँ महानगरका समस्या सम्बोधन गर्न कुनै कसर बाँकी नराख्ने बताएकी हुन् ।
सत्ता गठबन्धनको तर्फबाट कामपाको प्रमुखको लागि उम्मेदवारी दिएकी सिंहले कामपाको वडा नम्बर १६ स्थित युवक माविबाट मतदान गरेकी हुन् ।

आजको ऐतिहासिक निर्वाचनबाट ७५३ स्थानीय तहका प्रमुख/उपप्रमख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला वडासदस्य गरी कूल ३५ हजार २२१ निर्वाचित हुनेछन् ।
यसअन्तर्गत छ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकामा गरी २९३ प्रमुख र उपप्रमुख, ४६० गाउँपालिकामा एक÷एक अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडामा वडाध्यक्ष, सोही सङ्ख्यामा महिला र दलित महिला सदस्य तथा १३ हजार ४८६ खुला वडा सदस्य निर्वाचित हुनेछन् ।