काठमाडौँ महानगरमा मेयर पदको उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् । बागबजारस्थित पद्मकन्या क्याम्पसको मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन् ।
मतदानपछि स्थापितले नयाँ युगको सुरुवात भएको प्रतिक्रिया दिएका छन् । उनले यतिबेला मतदातालाई प्रभावित गर्न नहुने बताउँदै सूर्यलाई नमस्कार गरेर मतदान गर्नुपर्ने बताए । उनले आफ्नो जीत सुनिश्चित रहेको पनि जिकिर गरे ।
देशभर एकैसाथ स्थानीय तह निर्वाचनको मतदान सुरु भएको छ । आज स्थानीय निर्वाचन पहिलोपटक एकै चरणमा सम्पन्न हुन लागेको हो । सरकारले गत माघ २४ गते आज निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको थियो । संविधान जारी भएपछि पहिलो पटक विसं २०७४ वैशाख ३१ गते पहिलो चरण र जेठ ३१ मा दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न भएको थियो ।
देशभरका कूल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान कार्य सुरु भएको हो । मतदान कार्य आज अपराह्न ५ बजेसम्म जारी रहनेछ । आफ्नो जनप्रतिनिधि छनोटका लागि मतदाता मतदान केन्द्रमा पुगी लामवद्ध भइरहेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।