बुधबार, जेष्ठ ११ २०७९
ताजा अपडेट

माओवादी काठमाडौँका चर्चित नेता अधिकारीले पार्टी छाड्नुको रहस्य अर्कै, गगन थापा बने कारण !


  • KTM Khabar
  • बुधबार, बैशाख २८ २०७९
1.4K
SHARES

२८ वैशाख, काठमाडौँ ।

नेकपा (माओवादी केन्द्र) का काठमाडौँ जिल्लाका चर्चित नेता रविन अधिकारीले पार्टी परित्याग गर्नुको रहस्य सार्वजनिक भएको छ । केही दिन अगाडी पार्टीबाट राजीनामा दिएका अधिकारीले पार्टी परित्याग गर्नुको रहस्य मङ्गलवार सतहमा आएको हो ।

बुढानीलकण्ठवासी अधिकारी माओवादी केन्द्रका बागमती प्रदेश कमिटीका सदस्य तथा काठमाडौँ क्षेत्र नम्बर ४ प्रदेश (ख) इन्चार्ज थिए । अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट बूढानीलकण्ठ नगरपालिकाको मेयर उम्मेदवार बनेको थिए । ३५ सयभन्दा माथि मत प्राप्त गरी मेयरको रेसमा तेश्रो स्थान हासिल गरेका थिए । तत्कालीन बाम एकता हुँदा नेकपा बूढानीलकण्ठ नगर कमिटीको नेतृत्व गरेका थिए ।

वैशाख २२ गते बागमती प्रदेश कमिटीलाई राजीनामा पत्र लेख्दै पार्टीबाट बिदा भएका रविन अधिकारीको पार्टी परित्यागलाई विशेष अर्थपूर्ण तवरबाट हेरिएको थियो । उक्त रहस्यको पोको वैशाख २७ गते खोलिएको छ ।

समय व्यवस्थापन गर्न नसकेका कारण पार्टीबाट सदस्य समेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका अधिकारीले अर्कै पार्टी प्रवेश गरेका छन् । यसको कारण बनेका छन् नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौँ क्षेत्र नम्बर ४ बाट निर्वाचित संघीय सांसद गगन कुमार थापा ।

महामन्त्री थापाले कांग्रेस बूढानीलकण्ठ नगरपालिकाको विशेष चुनावी सभाका प्रमुख आकर्षणका केन्द्र बनाउँदै अधिकारीलाई टीका लगाउँदै मङ्गलवार नेपाली कांग्रेस प्रवेश गराएका छन् । विशेष माईलेज सहित अधिकारीलाई पार्टी प्रवेश गराउँदा सिङ्गो क्षेत्रका नेता, कार्यकर्ताले गडगडाहट तालीले समर्थन गरे ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा नमिठो हार व्यहोरेको कांग्रेसलाई अधिकारीको पार्टी प्रवेशले ठुलो राहत मिल्ने आकलन गर्न थालिएको छ ।

स्थानीय तहको निर्वाचनको मुखमा अधिकारीको कांग्रेस पुनरागमनलाई धेरै विभिन्न कोणबाट विश्लेषण हुन थालेका छ । पार्टीमा अब कुन जिम्मेवार हुन्छ ? भन्ने बारेमा केही खुलाइएको छैन । यद्यपि बिना सर्त पार्टी प्रवेश गरेको अधिकारीले जनाएका छन् ।

पार्टी प्रवेश पश्चात् अधिकारीले भने, ‘नामको मात्र कम्युनिस्ट पार्टीमा बस्नुको औचित्य देखिन । त्यस कारण पार्टी परित्याग गरे । आफ्ना सर्त राखेर स्वार्थ सिद्धिका लागि अर्को पार्टी प्रवेश गर्ने, गराउने लहर चलेको छ । मेरो लागि भने यो कुरा लागु नहुने गरी पार्टीमा आएको छु । आफूले सिकेका कुराहरू पार्टीको हितमा उपयोग गर्ने र पार्टीलाई अप्ठ्यारो हुने कार्य नगर्ने प्रतिबद्धता गर्दछु । यस अवसरका लागि गगन जी प्रति धन्यवाद व्यक्त गर्दछु ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा