२६ बैशाख, काठमाडौं ।
आगामी जेठ पहिलो हप्ताबाट सवारी साधन अनुमति पत्र (लाइसेन्स)को परीक्षामा नयाँ प्रणाली लागू हुने भएको छ । यातायात व्यवस्था विभागले लाइसेन्स लिनका लागि अत्यधिक चाप हुने र समय धेरै लाग्ने भएपछि छिटो, छरितो र सहज तरिकाले लाइसेन्स वितरण गर्ने उद्देश्यले नयाँ प्रणाली लागू गर्न लागेको हो ।
लाइसेन्स वितरणका लागि विभागमा सेवाग्राहीले सन् २०२४ सम्मका लागि आवेदन दिएका थिए । उनीहरुले अझै ट्रायल दिन पाएका छैनन ।
विभागले उक्त समस्यालाई मध्यनजर गर्दै २०२४ सम्ममा परीक्षा हुने मिति तोकिएको परीक्षार्थीहरूलाई यही वैशाखसम्ममा लिखित तथा ट्रायलको व्यवस्था गरेको छ । जसमा सन् २०२४ सम्मका परीक्षार्थीहरूले यही वैशाख मसान्तसम्ममा सबै आवेदकहरूले सहजै परीक्षा र ट्रायल सकाउने गरी विभागले काम गरिरहेको छ । विभागले नयाँ प्रणाली लागू गरेसँगै आवेदन दिएको १५ दिनमै ट्रायलको पालो आउने विभागले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।